यामाहाको महामेलामा एकैदिन १३ वटा गाडी विक्रि

  • असोज १२, २०७९
  • १,००५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः धरानमा जारी यमाहा मोटरसाइकलको महा एक्सचेन्ज मेलाको सातौ दिन १३ वटा गाडी विक्री भएको मेला सञ्चालकले जानकारी दिएकाछन् ।

धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा आयोजना गरीएको महा एक्सचेन्ज मेलाको सातौ दिन वुधवार सो संख्यामा गाडी विक्रि भएको हो ।

वुधवार १३ वटा गाडी विक्री भएको यमाहा कम्पनीका आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।

महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज, २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ ।

आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा ७ हजार बढी दिइनेछ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,३० मिनेटमा नै सकिने गरी इजि फाइनान्सको सुविधा , हरेक वाइक खरीदमा ६ हजार पक्का उपहार, हरेक दिन खरीदकर्ताहरु मध्येबाट ३ जनालाई गोलाप्रथाद्धारा स्मार्ट टिभी प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाको भनाई रहेको छ ।

यमाहा महामेलामा यमाहाका पारखीका लागि एक अवसर भएकोले यो मौकावाट फाइदा लिनहुन पनि खतिवडाले आग्रह गरेकाछन् ।
उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन सञ्चालक खतिवडाले आग्रह आग्रह गरेका छन् ।

उनका अनुसार पुराना वाइकहरुलाई प्रचलित वजार मुल्याङ्कन भन्दा ७ हजार वढी दिइने जानकारी समेत गराएकाछन् ।

यस मेलामा जुनसुकै कम्पनीका मोटरसाईकल र स्कटीहरु समेत एक्सचेन्ज गरीने सुविधा रहेको छ ।मेलामा प्रवेश गर्नेहरु ग्राहकहरु मध्येबाट एकजना भाग्यशाली ग्राहकलाई आर्कषक पुरस्कार रहेको छ ।

गाडी खरीदमा भक्तबहादुर ५० इन्चको टिभि उपहार

यमाहाले सञ्चालन गरेको एक्सचेन्ज महामेलामा गाडी खरीद कर्ता मध्येका एक ग्राहकलाई ५० इन्चको स्मार्ट टिभि उपहार प्राप्त भएको छ ।

मेलाका अवसरमा गाडी खरीद गरेका भोजपुर निवासी भक्तबहादुर राईले एफ जेड १६ खरीद गर्दा ५० इन्चको टिभि उपमहार परेको खतिवडाले जानकारी दिएकाछन् ।
मेलामा हरेक दिन गाडी खरीदकर्ताहरु मध्ये ३ जनालाई गोलाप्रथाद्धारा ५० इन्चको टिभि उपहारको व्यवस्था गरीएको छ ।

अघिल्लो पटकको पटकको उपहार विजेत धरान–१५ कि भिमु गुरुङलाई वुधवार ५० इन्चको टिभि उपहार प्रदान गरीएको थियो । आजका विजेता भक्तबहादुर राईलाई केही दिन भित्रमा हस्तान्तरण गर्ने खतिवडाले जानकारी दिएकाछन् ।

 

 

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic