१० औ भेडेटार फुड फेस्टीवल शुरु

  • पुस १७, २०७९
  • ४,३६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ पुष ः धनकुटा र सुनसरीको सीमानामा रहेको भेडेटारमा शनिवारबाट तीन दिने भेडेटार फुड फेस्टीवलको शुरु भएको छ ।

भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक वर्ष अंग्रेजी वर्षको अवसरमा आयोजना गरीदै आएको फेस्टीवल यस वर्ष शनिवार शुरु भएको हो ।

सोमवारसम्म सञ्चालन हुने सो फेस्टीवलमा १ करोड बराबरको कारोबार गर्ने लक्ष्यसहित १५ देखि २० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको आयोजक होटल एसोसिएसन भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिइन ।

2nd photo

आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गरीएको होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

महोत्सवमा मुख्य गरी स्थानीय स्तरमा उत्पादन भएका आर्गानिक कृषि उत्पादनको स्वादसंगै घरेलु सामानहरुको स्थलहरु अवलोकन गराउनु नै रहेको होटल एसोसिएसनका कावा अध्यक्ष श्रेष्ठको भनाई छ ।

कावा अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव अवधिभर प्रत्येक दिन राई, लिम्बू, मगर, नेवारलगायतका जातिको मौलिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिने छ भने यस क्षेत्रमा रहेका अत्यन्तै आकर्षक गन्तव्य स्थल शैलुङ डाडा, पाथीभरा देवी मन्दिरदेखि डाडा बजारको ध्वेजे डाडा, अजंगको बरको रुख, थाउजेन विग बुद्ध लगायतका स्थानमा पर्यटकलाई जानकारी दिने कार्यक्रम रहेको छ ।

एशोसिएनका अध्यक्ष समेत रहेका सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पर्यटन प्रबद्र्धनमा यो महोत्वसक कोशेढुंगा सावित हुने दावी गरेकाछन् ।

उनले सागुरीगढीलाई स्पोर्ट टरिजमको रुपमा विकास गरेर लाने योजना गाउपालिकाको रहेको र नीति तथा कार्यक्रममा समेत यो विषय समावेश गरेको वताए ।

कार्यक्रमको उद्घाटन गदैै धनकुटा क्षेत्र नं १ का प्रदेश सभा क का सभाषद निरन राईले पर्यटनले अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको वताए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले फेस्टीवलको सफलताको शुभकामना दिदैमा आयोजना हुन लागेको औद्यागिक मेलामा सहभागी हुन आग्रह गरेका थिए ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय राईले पर्यटन अर्थतन्त्रको मुल आधार भएकोले त्यसलाई व्यवस्थित गर्दै लानुपर्नेमा जोडदिएका थिए ।

3rd final

के के महोत्सवको विशेषता ?

स्थानीय अर्गानिक खेतिबाट उत्पादित तरकारी तथा फलफुलको प्रर्दशनी गराउने, हस्तकला कृषि तथा घरेलु उत्पादनको प्रर्दशनी, स्थानीय जातिय खानेकुराहरुको प्रर्दशनी, मौलिक परम्परागत सास्कृतिक झाकी कार्यक्रम, स्थानीय तथा राष्ट्रिय लाकारहरुद्धारा सास्कृतिक कार्यक्रमको प्रस्तुती, हेली फनफ्लाइट, प्याराग्लाइडिङको मज्जा लिन सकिने लगायतको विशेषता रहेको आयोजकले जनाएको छ ।

8ned

के के रहेको छ फेष्टिवलको उदेश्य ?

लगानीको अवसरहरु श्रृजना हुने, पर्यटन क्षेत्रमा व्यवसायिक चेतनाको अभिवृद्धि हुने, विकासको पूर्वाधार भौतिक तथा आर्थिक विकास हुने, धार्मिक तथा ऐतिहासिक स्थलहरुको भ्रमण तथा अवलोकन गर्न पाइने, साना तथा ठूला होटल व्यवसायहरु फस्टाउने र पर्यटकहरुको आगमन वढने, ओझेलमा परेका ऐतिहासिक धार्मिक, सास्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुने आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएकीछिन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic