बिपी प्रतिष्ठान कर्मचारी समाज अध्यक्षमा कविता ढकाल विजयी

  • पुस २४, २०७९
  • ९३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ पुष ःबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी युनियनको अध्यक्षमा कविता ढकाल ३६६ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी किशोर प्रसाद पोखरेल ३१७ मत प्राप्त गरे । यस्तै अध्यक्षका अन्य उम्मेदवारहरु सञ्जीव कुमार कर्ण १९५ मत, महेश्वर राईले १६३,भुपध्वज बुढाथोकी ९८,मदनकुमार हलुवाईले १९ किरण प्रसाद भट्टराईले ११ मत प्राप्त गरेका थिए ।

निर्वाचन प्रमुख प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेत विजयी भएका छन् । उनले ५८८ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर श्रेष्ठले २६८ मत प्राप्त गरेका छन् ।बालकृष्ण मेहताले २१६, मत अन्य उम्मेदवार दिलीप कुमार परियारले ६९ प्राप्त गरे ।

महिला वरिष्ठ उपाध्यक्षमा धन कुमारी घिसिङ ७०७ मत प्राप्त गरी विजयी भएकी छिन । उनकी निकटतम प्रतिद्वन्द्वी सिता कुमारी हुमागाईँले ४८६ मत प्राप्त गरिन् ।

प्रशासनिक उपाध्यक्षमा श्याम सुन्दर मेहताले ३४१ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी केदार बहादुर सिञ्जालीले २९० मत प्राप्त गरे । अन्य प्रत्याशी सोमनाथ रिजालले २२९, भरत लाल चौधरीले २८१ प्राप्त गरे । नर्सिङ उपाध्यक्षमा सफला बुढाथोकी यसअघि निर्विरोध निर्वाचित भएकी छन् ।

पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा मुकेश कुमार शाह र कोषाध्यक्षमा अजय कुमार साह विजयी भएका छन् ।

सदस्य प्रशासनिक कर्मचारीमा तीन जना, सदस्य नर्सिङमा ३ जना, सदस्य पारामेडिक्स ३ जना त्यस्तै खुल्ला सदस्यतर्फ ६ जना विजयी भएका छन् । ्

सदस्यका लागि प्रशासनिक कर्मचारीमा ३ पदमा ४, नर्सिङ सदस्य ३ सदस्यका लागि ५ जना, पारामेडिक्स ३ मा ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । खुल्ला सदस्य ६ जनाका लागि १२ जनाले प्रतिस्पर्धा भएको थियो ।
सिनेटबाट आधिकारीक मान्यता पाएपछि भएको निर्वाचन भने यो पहिलो पटक हो ।

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic