आजदेखि गोधुली फुटबल रनिङ कप शुरू , उद्घाटन खेलमा धरान १३ र धरान ५ हुने

  • पुस ३०, २०७९
  • ४९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० पुष । हरेक वर्ष धरानमा हुँदै आएको अन्तर वडा स्तरीय गोधुलि फुटबल रनिङ कप आजदेखि सुरु हुने भएको छ ।

आजदेखि सुरु हुने २३ औं गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानका २० वटै वडाले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताको उद्घाटन १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराईको प्रमुख अतिथिमा साढे २ बजे देखि १७ औं संस्करणको विजेता वडा नं. १३ र वडा नं. ५ बिच हुने छ ।

धरान–१७ को गोधुली क्लबले २०५० सालदेखि सुरु गरेको वडास्तरीय गोधुली कपको विजेताले यसवर्ष नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु ७५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक गोधुली क्लबले हिजो पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । साथै प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविण राईले रु २५÷२५ हजार थप पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

प्रतियोगिता आज पुष २९ गते शनिबारदेखि धरान १६ स्थित रंगशालामा शुरुभइ माघ १४ गते फाइनल खेल हुने गोधुली क्लबले तालिका समेत सार्वजनिक गरेको छ ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । फुटबल खेलको विकासमा टेवा पुर्याउनु साथै नव प्रतिभाशाली फुटबल खेलाडीहरुलाई अवसर प्रदान गर्न , युवा वर्गलाई कुलत र सामाजिक विकृतिको निर्मुल गर्न खेलको माध्यमले लागु पदार्थ मुक्त समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरीएको उक्त प्रतियोगिताको यो २३ औँ संस्करण हो ।

godhuli

धरानका २० वटै वडाले प्रतियोगितामा सहभागिता भएको समेत आयोजकले बताएको छ । प्रतियोगिता सम्पन्न गर्न धरान उपमहानगरपालिकाले निरन्तर संयोजन गरेको छ भने टुबोर्ग पनि प्रायोजनको रुपमा रहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिनुभएको छ ।

खेलमा दर्शकहरुलाई राउन्ड १६ सम्म ३० रुपैया सेमिफाइनलमा ५० रुपैया र फाईनल खेलमा १०० रुपैया लाग्ने आयोजकले बताएको छ ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic