आगलागी हुँदा ११ वटा सटर जलेर नष्ट

  • माघ १, २०७९
  • ५९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
 बिर्तामोड,१ माघ ः आइतबार बिहान झापाको दमक नगरपालिका ६ स्थित बजारमा बिद्युत् सर्ट भई आगलागी हुँदा ११ वटा सटर जलेर नष्ट भएको छ ।

आगलागिबाट लाखौको क्षति भएको र यसको विवरण संकलन गरिँदै आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।

बिहान साढे ३ बजे विद्युत् सर्ट भई आगलागी हुँदा ५ वटा पसल पूर्ण रुपमा जलेर खरानी बनेका छन् भने बाँकी ६ पसल समेत क्षति पुगेको छ ।

दमकको मुख्य बिच बजारस्थित नमुना मार्गको राजु श्रेष्ठको जुत्ता चप्पल पसलबाट बिहान साढे ३ बजे तिर आगलागी भएको हो । ३ घण्टाको प्रयासमा ५ वटा दमकलको सहयोगमा प्रहरी, स्थानीय समेत जुटेर आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीमा परेर सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका छन् ।

आगो नियन्त्रण गर्ने क्रममा अन्य ६ पसल पसल भत्काइएका छन् । आगलागी नियन्त्रणका लागि दमक, कमल, गौरा दह, उर्लाबारी, पथरी शनिश्चरे पालिकाबाट दमकल आएका थिए ।

आगलागीमा परेर १ करोड भन्दा धेरैको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic