भेडेटारमा कोसेली घर निर्माण हुने

  • माघ ४, २०७९
  • ३,७१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धनकुटा ,३ माघ । साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ। गाउँपालिकामा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए।

पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र हो । गाउँपालिकाको २२ लाख रुपैयाँको लगानीमा निर्माण हुने कोसेली घरका लागि जग्गा प्राप्त भइसकेको उनले बताए। स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजार नजिकै रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माणका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरिसकेका छन्।

भूकम्प प्रतिरोधात्मक कोसेली घर निर्माण हुने इन्जिनियर दिपक राईले बताए। दुई तल्लाको हुने भवनमा माथिल्लो तलामा पालिकाभरि उत्पादन हस्तकलाका सामग्री तथा कृषिजन्य वस्तुलाई मिनिमाटको बिक्री राखिनेछ। त्यस्तै गाउँपालिका भरिका विभिन्न पर्यटकीय स्थलहरूको बारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको समेत स्थापना गरिनेछ।

अगाडि बिक्री कक्ष भएपनि पछाडिको भागमा चिया तथा कफी क्याफे हुनेछ। कोसेली घरमा आउने पाहुनाहरूले गाउँपालिका भरि उत्पादन हुने कफी तथा चियाको स्वाद लिन पाउनेछन्।

आगामी तिन महिनाभित्र निर्माण सम्पन्न गरी चालु आर्थिक वर्षभित्र कोसेली घर सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष राईले बताए।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic