भेडेटारमा कोसेली घर निर्माण हुने

  • माघ ४, २०७९
  • ३,६६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धनकुटा ,३ माघ । साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ। गाउँपालिकामा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए।

पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र हो । गाउँपालिकाको २२ लाख रुपैयाँको लगानीमा निर्माण हुने कोसेली घरका लागि जग्गा प्राप्त भइसकेको उनले बताए। स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजार नजिकै रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माणका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरिसकेका छन्।

भूकम्प प्रतिरोधात्मक कोसेली घर निर्माण हुने इन्जिनियर दिपक राईले बताए। दुई तल्लाको हुने भवनमा माथिल्लो तलामा पालिकाभरि उत्पादन हस्तकलाका सामग्री तथा कृषिजन्य वस्तुलाई मिनिमाटको बिक्री राखिनेछ। त्यस्तै गाउँपालिका भरिका विभिन्न पर्यटकीय स्थलहरूको बारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको समेत स्थापना गरिनेछ।

अगाडि बिक्री कक्ष भएपनि पछाडिको भागमा चिया तथा कफी क्याफे हुनेछ। कोसेली घरमा आउने पाहुनाहरूले गाउँपालिका भरि उत्पादन हुने कफी तथा चियाको स्वाद लिन पाउनेछन्।

आगामी तिन महिनाभित्र निर्माण सम्पन्न गरी चालु आर्थिक वर्षभित्र कोसेली घर सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष राईले बताए।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic