आगलागी हुँदा ३ वटा घर जलेर नष्ट ,१० लाख बराबरको क्षति

  • माघ ७, २०७९
  • १,५६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

सप्तरी , ७ माघ ः सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ ।

स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्।

आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी र स्थानीयबासीहरुले झण्डै दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको प्रवक्ता सिंहले जानकारी दिएको छ ।

आगलागीमा मानवीय क्षति नभएपनि चौपाया, अन्नपात, लत्ता कपडा, भाँडाकुडा र फर्निचरका सामानहरु पूर्ण रुपले जलेर नष्ट भएको प्रहरी प्रबक्ता सिंहको भनाइ रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic