वार्षिक उत्सवमा शैक्षिक सामग्री बितरण गर्दै व्रदर्स बेकरी

  • माघ ११, २०७९
  • ३,५२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ माघ ः व्यवसायिक रुपमा केक निर्माण गर्दै आएको ब्रदर्स बेकरी धरानले आफ्नो छैटौ वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ट्याकसुट वितरण गरेको छ ।

बेकरीले मंगलवार एक कार्यक्रमको आयोजना गरी धरान १७ पटनाली स्थित ज्वालामुखी माध्यामिक बिद्यालयमा अध्यनरत बिपन्न परिवारको नानीहरुलाई न्यानो कपडा ट्रयाक शुट र अन्य शैक्षिक सामग्रीहरु बितरण गरेको हो ।

वेकरी सञ्चालक मध्येका एन सि राईले २५ परिवारका बिद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट , शैक्षिक सामग्रीहरु वितरण गरेको जानकारी दिएकाछन् ।

bradarsh bekari

बितरण कार्यक्रममा बेकरी संचालकद्वय एन.सी.राई र बिरेन्द्र थापालाई मुख्य अतिथी रहेका थिए । कार्यक्रममा अतिथिहरु वडा नम्बर–१७ का पुर्ब जनप्रतिनिधी सुबास बर्देवा, बर्तमान वडा सदस्य मनिस बिष्ट बिधालय संचालक समिति सदस्य दिपिका बिक, तारा राई र कृष्ण प्रसाद लिम्बु सह प्रधान अध्यापक भक्त बिलास पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

६ बर्ष अघी धरानमा स्थापना भएको ब्रदर्स बेकरीले व्यवसायबाट आएको मुनाफाको केही प्रतिशत समाज सेवामै खर्च गरिरहेकोछ ।

बेकरीले आफ्नो स्थापना कालदेखीनै आफ्नो ब्यवसायलाई समाज सँग जोड्दै आएको छ ।

समाजमा रहेको हरेक जेष्ठ नागरिकहरुलाई निःशुल्क बर्थ–डे केकहरु बितरण गर्दै आएको थियो भने आफ्नो हरेक महिला ग्राहकहरुलाई निशुल्क सेफ्टी प्याडहरु पनि बितरण गर्दै आइरहेको बेकरीका संचालक एन।सी।राईले जानकारी दिए ।

विद्यालयमा हाल ४ सय बिद्यार्थीहरु अध्यनरत रहेको कार्यक्रमका अध्यक्ष बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भरत बहादुर खत्रीले जानकारी दिए ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic