सुनसरीका आचार्य खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

  • फागुन ३०, २०७९
  • ३,५२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर,
धरान ३० फाल्गुणः सुनसरी जिल्लाका युवा नेता असिम आचार्य नेकपा (एमाले) सम्बद्ध नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

कोशि प्रदेशको राजधानि बिराटनगरमा हालै सम्पन्न महासंघको महाधिवेशनले आचार्यलाई खुल्लातर्फको केन्द्रिय सदस्यमा निर्वाचित गरेको हो ।

उक्त महाधिवेशनले पर्शुराम बस्नेतको नेतृत्वमा १७ सदस्यीय पदाधिकारी सहित १७१ सदस्यीय केन्द्रिय सदस्य चयन गरेको थियो ।

    महाधिवेशन अवधीमा सडक दुर्घटनामा परि अर्घाखाचिका प्रतनिधि प्रकाश महतको मृत्यु भएपछि १३ दिन सम्म कुनै पनि कार्यक्रम नगरेको महासंघले नवनिर्वाचित कमिटिको शपथ ग्रहण कार्यक्रम गत शुक्रबार मात्रै सम्पन्न गरेको हो ।

नवनिर्वाचित कमिटिले नेकपा (एमाले) का अध्यक्ष केपि ओलिबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

खुल्लातर्फको केन्द्रिय सदस्यमा निर्वाचित काठमाण्डौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट विद्यार्थी कल्याणकारी परिषद्का पुर्व अध्यक्ष आचार्य यस अघि पनि महाधिवेशन आयोजक कमिटि सदस्य थिए ।

सुनसरीका आचार्य राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नेपाल फुटसल संघको केन्द्रिय सचिव पनि हुन । राजनितिक पुष्ठभूमी भएको परिवारबाट आएका आचार्य नेकपा (एमाले) का स्थायी कमिटि सदस्य तथा कोशि प्रदेशका पूर्व मुख्यमन्त्रि भीम आचार्यका सुपुत्र हुन् ।

यसैगरि सुनसरी कै पुर्व राष्ट्रिय खेलाडि विप्लब घोष केन्द्रिय सचिवमा निर्वाचित भएका छन् । खेलकुद क्षेत्रमा लामो समय काम गरेका घोष यस अघिको आयोजक कमिटिमा स्थायि कमिटि सदस्य रहेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic