सहकारी दिवसमा तीन सम्मानित

  • चैत २०, २०७९
  • ५,७५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० चैत ः सहकारी समन्वय समिति धरान नगर समितिले ६६ औं सहकारी दिवसका अवसरमा तीजनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा उत्कृष्ट सहकारीतर्फ धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लि. लाई उत्कष्ट सहकारी सम्मान गरीएको थियो भने सहकारी अभियान्तको रुपमा धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमलाई सम्मान गरीएको थियो ।

संचारक्षेत्रबाट योगदान गरेको भन्दै संचारकर्मी रस्मी प्रधानलाई सम्मान गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यकारी अधिकृत मात्रृका भट्टराईले विषम परिस्थितिमा सहकारी शेयर सदस्य तथा वचतकर्ताहरुको मनोवल उच्च वनाउने गरी काम गर्नुपर्नेमा जोडदिएका थिए ।

उनले हावाहुरी र अफ्ठारो परिस्थितिमा पनि सहकारीले निम्न वर्गको आर्थिक विकासमा टेवा पु¥याउने गरी काम गर्नु पर्ने वताएका थिए ।

गलत नियतले आएका सहकारीहरु आर्फै पाखा लाग्ने वताउदै उनले सहकारीभित्र आएका खराव प्रवृति विरुद्ध सवै सहकारीकर्मीहरु एक भएर अघि वढनुपर्नेमा उनको जोडथियो ।

धरान उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष मनोज भट्टराईले सहकारी भित्र सुद्धिकरण आवस्यकता टडकारो रहेको कुरामा जोडदिएका थिए । स्थानीय निकायले पनि सहकारीहरुलाई समय समयमा नियमन गर्नुपर्ने उनको सुझाव दिएका थिए ।

त्यसैगरी धरान –१५ का वडाध्यक्ष नरेश कुमार इवारमले संचालक समिति र कर्मचारीको गलत प्रृवित्तीका कारण सहकारी भित्र संकट आएको वताए ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले व्याजको लोभमा बचतकर्ता फस्नु नहुने तर्क गरेका थिए ।

वचतकर्ताहरुले व्याजको लोभमा सहकारीको वास्तविकता नवुझ्दा सहकारीहरुमा समस्या आएको वताए । सहकारी संचालकहरुले गलत नियत राखेकोले पनि सहकारीमा दिनप्रतिदिन समस्या वढदै आएको वताए ।

त्यसैगरी जिल्ला वचत संघ सुनसरीका उपाध्यक्ष काजी गिरीले सहकारीको मुल्य मान्यता विपरीत संचालन भएको हुदा समस्या आएको जिकिर गरेका थिए ।

त्यसैगरी नेकपा एमालेका धरान नगर उपाध्यक्ष पारस काङमाङ राईले रेमिट्यान्स वृद्धिका लागि सहकारीले भूमिका खेल्नुपर्नेमा जोडदिएका थिए ।

त्यसैगरी जनता समाजवादी पार्टी धरान नगर अध्यक्ष ताजुव लिम्वुले सहकारी क्षेत्रमा भएको पछिल्लो समस्याका वारेमा सवैले ध्यान दिनुपर्नेमा जोडदिएका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठले सहकारीका संचालकहरुले राखेको लोभ लालचका कारण समस्या आएको वताए । सहकारी मुल्य मान्यता अनुसार संचालन भएको खण्डमा सहकारी भित्र समस्या नआउने वताए ।

लोकतान्त्रिक चौतारी भानुचोकबाट शुरु भएको ¥याली छाताचोक हुदै सिंहदेवी चोक हुदै चुम्लुङ हिममा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

धरान नगर समन्वय समितिकी अध्यक्ष मिसन लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम माथि प्रकाश पारेका थिए भने नविन मेन्याङ्वोले कार्यक्रम संचालन गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic