डि.पि. बिलिभर्स बोर्डिङको वार्षिकोत्सब तथा पुरस्कार बितरण सम्पन्न

  • चैत २९, २०७९
  • ७,४४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ चैत ःडि.पि. बिलिभर्स इङ्लिस स्कुल धरान–५ देउरालीको बार्षिकोत्सब तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि ५नं वडाका वडा सदस्य विजय दुुमि राईको प्रमुख आतिथ्यतामा भएको थियो । स्कुलले वडाको शैक्षिक क्षेत्रमा नीजि क्षेत्रबाट भएपनि योगदान गरेको भन्दै प्रसंशा व्यक्त गरेका थिए ।

वडाबाट सक्ने सहयोग आफूहरुले गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रममा वार्षिक परीक्षा र वर्षभरी भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कार तथा प्रमाण–पत्र बितरण गरिएको थियो ।

पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिका वडा नम्बर ५ का वडा सदस्य  विजय दुमि राई, स्कुलका प्रिन्सिपल सन्जिप बान्तवा, लगायतले पुरस्कार बितरण गरेका थिए ।

बिद्यालयका प्रीन्सिपल सन्जिप बान्तवाले वार्षिक गतिबिधिहरु प्रस्तुत गर्नुका साथै बिद्यालयको भाबी योजनाको बारेमा जानकारी गराए।

प्रिन्सिपल वान्तवाले आगामी वर्षहरुमा कक्षा–१२ सम्म पु¥र्याईने लक्ष्य रहेको बताउदै म्याथ ल्याब सहित सुबिधा सम्पन्न बिद्यालय बनाईने जानकारी दिए ।

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गीत, राईम्स लगायत प्रस्तुत गरि अभिभावकहरुलाई मनोरन्जन प्रदानगरेका थिए ।

 NEWS PHPOTO = 4

कार्यक्रममा रचना लिङ्देनले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको संंचालन बिरेन्द्र लिम्बुले गरेका थिए ।
सो स्कुल विगत १९ वर्षदेखि संचालन हुदै आएको छ ।

NENAL PHOTO 2 NEWS = 4 NEWS PHOTO = 3 NEWS PHOTO -= 2

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic