सुनाखरी एकेडेमिको बार्षिक उत्सवमा पुरस्कार बितरण स्कुलले दिएको शिक्षाप्रति हामी सन्तुुष्ट छौ – अभिभावक श्रेष्ठ

  • वैशाख ३, २०८०
  • ३,९६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाखः सुनाखरी एकेडेमि धरान–१२ ले शैक्षिक वर्ष २०७९ को वार्षिक परीक्षाको पुरस्कार बितरण सम्पन्न गरेको छ ।

एकेडेमीले आइतवार एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा पुरस्कार वितरण सम्पन्न गरेको हो ।

कार्यक्रममा नर्सरी देखि कक्षा–९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रिन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायत सम्बन्धित कक्षागत शिक्षकहरुले पुरस्कार बितरण गरेका थिए ।

कार्यक्रममा वोल्दै एकेडेमीका प्रिन्सिपल मिलन मिलन कुमार राईले विद्यालयका अभिभावकहरुले सदैब सकारात्मक भएर सल्लाह सुझाव दिई सहयोग गरेकै कारण सुनाखरी हरेक कुरामा सफल हुदै आएको दावी गरेका थिए ।

प्रिन्सिपल राईले आफूहरुले पनि सुनखारीमा नै आफ्ना छोराछोरीलाई पढाएको वताउदै गुणस्तरीय शिक्षा दिन सवल र सक्षम रहेको दावी गरेका थिए ।

news cover photo = 2 5 उनले अरुका छोरा छोरी पढाउने मात्र हैन आफ्नो छोरा छोरी समेत यसै विद्यालयमा पढाउने गरेको र शिक्षा गुुणस्तरमा आफूहरु सन्तुुष्ट रहेको स्पष्ट पारेका थिए ।

परिक्षाको परिणाम आउना साथ विद्यार्थीहरुलाई पुरस्करा वितरण र सम्मान गरेको खण्डमा माथिल्लो कक्षामा पढन प्रोत्साहन मिल्ने भएकोले परिक्षाफल प्रकाशन गर्नासाथ पुरस्कार वितरण गरीएको प्रिन्सिपल राईको भनाई रहेको छ ।

त्यसैगरी एकेडेमीका निर्देशक प्रदिप राईले स्कुलमा मात्र भर नपरी स्कुल समय बाहेक पनि घरमा आफ्ना छोरा छोरीको पढाईमा ध्यान दिन अभिभावकहरुलाई आग्रह समेत गरेका थिए ।

अभिभावक राधिका श्रेष्ठले सुनाखरी एकेडेमिले पढाइ सङ्गसङ्गै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिएको कारण बिद्यार्थीहरु हरेक कुरामा अगाडि रहेको दावी स्कुलले दिएको शिक्षाप्रति अभिभावकहरु सन्तुुष्ट रहेको  वताएकी थिइन ।कार्यक्रमको संचालन छात्र प्रत्युष थापा र छात्रा रुबिना देबले गरेका थिए ।

सुनसरी एकेडेमी धरानमा रहेका स्कुल मध्ये पढाईका साथै अतिरिक्त क्रियाकलापमा समेत अव्वल स्कुलको रुपमा पहिचान वनाउदै आएको छ ।

suna = 4 suna = 6 suna 8 sunakhari sunakhari = 4 suna = 7 suna 9 88 sunakhari = 2 99 suna = 5 suna 10

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic