वीपीका डाक्टर चौधरी राष्ट्रपतिबाट विभूषित काम गर्न हौसल प्राप्त भएको छ डा –चौधरी

  • वैशाख ४, २०८०
  • २,५८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ वैशाखः वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोनि विभागका प्रोफेसर डा.पशुपति चौधरी सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई  बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट सो पदक विभूषित गरिएको हो ।

सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो ।

विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य ‘सेवा नै परम धर्म हो’ भन्ने रहेको छ । सोही अनुरुप प्रा.डा. चौधरीलाई स्वास्थ्य सेवा क्षेत्रमा पु¥याएको योगदानकोे कदर गर्दै सो पदकबाट विभूषित गरिएको हो ।स्वास्थ्य क्षेत्रमा योगदान गरेको मुल्याङ्कन गर्दै नेपाल सरकारले स्वास्थ्य क्षेत्रबाट डा. चौधरीलाई विभूषित गरेको हो ।

डा.चौधरी विगत दुइ दशक भन्दा लामो समय देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत रही २३ वर्षदेखि  सेवा गर्दै आउनु भएको छ ।

news  photo विभूषित भएपश्चात डा. चौधरीले आफूले कुनै पदक र सम्मानको लागि काम नगरेको बताउदै पेसाप्रति इमान्दार भई वफादार रही गरेको काम र सेवाको मुल्याङ्कन भएको प्रतिक्रिया दिएकाछन् ।

देश र जनतको पक्षमा काम गर्न र सेवा गर्नको लागि आफूलाई थप हौसला मिलेको डा चौधरीले वताउनु भएको छ । यसबाट मलाई सेवा गर्नेक्रममा थप हौसल प्राप्त भएको छ । मैले सेवामा रहेर गरेको सही कामको सही मुल्याङकन भयो भन्ने महशुस भएको छ– डा चौधरीले भने ।

चौधरीसंगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी नाक कान घाटी रोग विभागकी प्रोफेरसर डाक्टर संगीता सिंह भण्डारी समेत विभूषित हुनु भएको छ ।

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic