छाल खवर
धरान,४ वैशाखः डी.पी.बिलिभर्स र्इङ्लिस स्कुलका शिक्षक शिक्षिकाहरुका लागि दुई दिने कार्यशाला सोमवारबाट सुरु भएको छ।
सो कार्यक्रममा उप –शिक्षण, मोन्टेसरी शिक्षण विधिहरू, आत्मरक्षाको आधारभूत शारीरिक संरक्षण तालिम दिईने स्कुलका प्रधानाध्यापक संजीप बान्तवाले जानकारी दिनुभयो ।
नयाँ शैक्षिक वर्ष २०८० को तयारी र स्कुलका शिक्षकहरूको व्यवसायिक तथा शिक्षण पेशामा निरन्तर विकासको लागि उक्त कार्यशाला आयोजना गरिएको प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि वान्तवाले वताउनुभयो ।
कार्यक्रममा एपल मोन्टेस्वरी अलीमेनटरी स्कुल धरानका संस्थापक प्रिन्सिपल जुली सुब्बा र राष्ट्रिय प्रशिक्षक रोसनी राईले सहजीकरण गर्नुहुने छ।
डी.पी. बिलिभर्स इङलिस स्कुलका जनसम्पर्क अधिकृत हेमराज गुरुङले स्वागत गर्नुभएको थियो। उक्त कार्यक्रम शिक्षक बिरेन्द्र लिङदेनले संचालन गर्नुभएको थियो।
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic