शहिद स्मृतिमा धरान कै पहिलो कम्प्युटर इन्जिनियरीङ पढाई हुने

  • वैशाख ५, २०८०
  • ३,०७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ वैशाखः धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएकाछन् ।

केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो ।

शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।

ram bista

प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट कक्षा ९ मा कम्प्युटर इन्जिनियरीङमा भर्ना खुल्ला गरीएको छ ।

कक्षा ९ मा भर्ना हुनको लागि कुनैपनि विद्यालयबाट कक्षा ८ उर्तीण भएका विद्यार्थीहरुले आवेदन गर्न सक्नेछन् ।कम्प्युटर इन्जिनियरीङका लागि कक्षा ९ मा ४८ जनाको कोटा निर्धारण गरीएको छ ।

न्युनतम शुल्कमा नै पढन र पढाउने सकिनुका साथै भविष्यमा स्वरोगार वन्नुका साथै राम्रो अवसर प्राप्त हुने प्रअ विष्टले वताए ।

कक्षा ९ देखि १२ सम्म ४ वर्षे कम्प्युटर इन्जिनियरीङको कोर्ष पुरा गरेपछि स्वरोजगार हुनुका साथै कम्प्युटर इन्जिनियरीङमा स्नातह तहको अध्यय्न गर्न सकिने छ ।

कम्प्युटर इन्जिनियरीङका लागि विद्यालयमा कम्प्युटर ल्याव र पयाप्त भौतिक पूर्वाधार रहेको प्र.अ. विष्टको दावी रहेको छ ।

यो कार्यक्रम धरानको लागि गौरवको विषय भएको वताउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने विष्टको भनाई रहेको छ ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic