छाल खवर
धरान,६वैशाख ः धरान माध्यामिक विद्यालय (धरान उच्च) को २४ औं वार्षिक उत्सव कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरीएको छ ।
धरान कलेज अफ मेनेजमेन्टको प्राङगणमा भएको कार्यक्रमा कक्षा ११ र १२ को आन्तरीक परिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो ।
विद्यालयका अध्यक्ष शिव नारायण साह, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा वहादुर निरौला, सहयाक प्रिन्सिपल सुरेश घिमिरे, विज्ञान संकायका इन्चार्ज सुनिल भगत, कलेजका संचालक डा. गोविन्द तुम्वाहाङ, चन्द्र बहादुर फोम्वो लगायतले विद्यार्थीहरुलाई मेडल र प्रमाण– पत्र वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव तिर्थ कार्किले धरानका प्राज्ञिक वर्गहरुले संचालन गरेको धरान उच्च गुुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा निरन्तर उच्च रहेको वताए ।
गुुणस्तरीय शिक्षा मात्र नभएर विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलापलाई समेत विशेष जोड दिएको सहसचिव कार्काीको भनाई थियो ।
त्यसैगरी विद्यालयका अध्यक्ष शिव नारायण साहले धरान उच्चले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल हुदै आएको दावी समेत गरेका थिए ।
साहले कक्षा १२ का विद्यार्थीहरुलाई उत्कृट नतिजा ल्याउन शुभकामना दिदै धरान उच्चका सवै विद्यार्थी नै यस कलेजको व्रान्ड एम्वेस्डर भएको वताए ।
कार्यक्रममा कक्षा १२ को अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरीएको थियो ।
विद्यालयका प्रिन्सिपल चित्रप्रसाद ढुुङ्गेल,नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिवद्धय भोला श्रेष्ठ, तिर्थ कार्की, लगायतले कक्षा १२ का विद्यार्र्थीहरुलाई अविर खदा लगाई मायाको चिनो सहित विदाई गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic