एम्स आईडलको उपाधि पुष्पा र सुपिललाई

  • वैशाख १०, २०८०
  • ४,६४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० वैशाखः एम्स एकेडेमि धरान–१२ ले आयोजना गरेको एम्स आईडल सिजन–६ को उपाधि पुष्पा विवकर्मा र सुपिल उदाशले हात पारेकाछन् ।

आइडलमा नृत्यतर्फ पुष्पा बिश्वकर्मा र गायन तर्फ सुपिल उदासले आइडलको उपाधि हात पारेका हुन ।

धरान–१५ स्थित शिक्षा सदन स्कुलको सदन सभा हलमा शनिबार आयोजित प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए ।

त्यसैगरी नृत्यतर्फ अनिसा मगर र सुबज्ञा बस्नेत क्रमशले फष्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि हात पार्न सफल वनेका थिए ।

त्यस्तै गायनतर्फ प्रनोज राई र प्रतिज्ञा शाक्य फष्ट रनर अप र सेकेन्ड रनर अप हुन सफल भएका थिए ।

यस अघि कलेजमा लिइएको दुबै बिधाको अडिसनमा २६ जना बिद्यार्थीहरु सहभागी भएको कलेजका संयोजक हेमन्त भण्डारीले जानकारी दिए।

प्रतियोगीताका निर्णायकहरुमा सङ्गीत प्रशिक्षक बिनोद प्रीयदर्सी राई, नाजु सुवेदी र प्रबिन भुजेल रहेका थिए।

बिजेताहरुलाई एकेडेमिका अध्यक्ष प्रकाश राई, प्रिन्सिपल मित्र तामाङ, म्यानेजमेन्ट को अर्डिनेटर र्दुर्गा सुवेदी, निर्देशक अनुप तामाङ, संचालक नवीन राई लगायतले मेडल र ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरेले कक्षा–१२ को परीक्षा दिने बिद्यार्थीहरुलाई सफलताको शुभ–कामना ब्यक्त गरेका थिए ।

उच्च शिक्षाको अध्ययनका लागि बिदेस गए पनि अध्ययन पूरा गरेपछि स्वदेसमै फर्केर राष्ट्रको सेवा गर्न घिमिरेले बिद्यार्थीहरुलाई आव्हान गरेका थिए ।

अर्का अतिथि हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले मिहिनेत पुर्बक अध्ययन गरेर परीक्षामा उच्च अंक ल्याएर उत्तीर्ण गर्न बिद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

म्यानेजमेन्ट कोअर्डिनेटर दुर्गा सुबेदीले सफल शैक्षिक यात्राको लागि बिद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

कलेजले लिएको आन्तरिक परीक्षाको अनुभवबाट आगामी बोर्ड परीक्षामा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण हुन बिद्यार्थीहरुलाई शुभकामना दिए।उनले भने हामिले कलेजमा रहदा कहिलेकाहि गाली गरे पनि बिद्यार्थीको सुन्दर भबिष्यका लागि हो, हामी हाम्रा बिद्यार्थीले सधै प्रगती गरेको हेर्न चाहान्छौ ।

प्रीन्सिपल मित्र तामाङले कडा मिहिनेतका साथ अध्ययन गरि उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम उच्च राख्न विद्यार्थीहरुलाई शुभ कामना दिएका थिए ।

कार्यक्रममा कलेजका अध्यापक एबम शेयर सदस्य सन्तोष कोईराला, सुबास पौडेल, बुद्रोस लिम्बू, बिदुर महत, अध्यापक सुर्य अधिकारी, सन्जिब उदास लगायतको उपस्थिति रहेको थियो

कक्षा–१२ लाई बिदाई

एम्स एकेडेमिमा कक्षा–१२ को अध्ययन पूरा गरेर बोर्ड परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई कक्षा–११ का बिद्यार्थीहरुले बिदाई गरेका छन। कलेजका प्रिन्सिपल मित्र तामाङ, अध्यक्ष प्रकाश राई, ब्यवस्थापन संयोजक दुर्गा सुबेदी लगायतले कक्षा–१२का बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरि अबिर र खदा लगाएर बिदाई गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक गीत र नृत्य समेत प्रस्तुत गरे।कार्यक्रमको सन्चालन कलेजका शेयर सदस्य युबराज अधिकारी, बिद्यार्थीहरु एशिका कार्की र अनमोल तामाङले गरेका थिए।

 aims 3aims 4news covewr phaotist photoaims 8aims 56aims 5

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic