लिवर्टी स्कुलमा विद्यार्थीहरुलाई सुविधा नै सुविधा

  • वैशाख १३, २०८०
  • २,९९३ पटक पढिएको
  • छाल खबर
alt

धरान,१३ वैशाखः लिवर्टी रेसिडेन्सियल स्कुलले धरान– ११ मा विद्यार्थीहरुका लागि सुविधा नै सुविधाको अवसर दिएको छ ।

स्कुलले कक्षा प्ले ग्रुप देखि कक्षा ९ सम्मको भर्नामा विभिन्न किसिमको सुविधा नै सुविधा दिएको हो ।

स्कुलले सामाजिक छात्रवृत्ति अन्तर्गत वीपी प्रतिष्ठानका धरानका कर्मचारीका छोरा छोरीहरुलाई पाँच वर्षसम्म भर्ना शुल्क नलाग्ने र मासिक शुल्क मात्र लाग्ने सुविधा ल्याएको स्कुलका निर्देशक तेजमान लिम्वुले जानकारी दिएकाछन् ।

उनका अनुसार मजदुर वर्गका छोराछोरीहरुलाई पनि मासिक शुल्क मात्र लाग्ने गरी भर्ना गरीएको छ । सवैको नीजि विद्यालयमा पढाउन पहुँच पुगोस भन्ने उदेश्यले यस्तो सुविधा दिइएको स्कुलका प्रिन्सिपल भगवत लिम्वुले वताए ।

पछिल्लो समय लिवर्टी स्कुलले अभिभावक र विद्यार्थीहरुका लागि विभिन्न किसिमका अवसर र सुविधा दिएको छ । आर्थिक अभावका कारण स्कुल पढनबाट वन्चित हुन नपरोस भनेर योजनाहरु अघि सारेको प्रिन्सिपल लिम्वुको भनाई रहेको छ ।

तीनवटा जापानीज शैलीका भवनहरु सुरक्षित तवरले निर्माण गरी स्तर अनुसार  विद्यालयहरुको व्यवस्था गरीएको छ । प्रि प्राइमरी, प्राइमरी र छात्र छात्राहरुका लागि वेग्ला वेग्लै भवन तथा खेल मैदानको व्यवस्था छ ।

विद्यार्थीहरुलाई खेल्नको लागि प्ले जोनको व्यवस्था समेत गरेको स्कुलका डाइरेक्टर तेजमान लिम्वुले जानकारी दिएकाछन् ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic