वर्ल्ड च्याम्पियनशिप बक्तृत्वकला छनोटमा हिविसकसकी जीविका याखा प्रथम

  • वैशाख २७, २०८०
  • ७,७७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ वैशाखः पढाईका अतिरिक्त विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको हिबिसकस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले सोमबार वर्ल्ड च्याम्पियनशिपका लागि छनोट चरणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

धरान सिटि अप्टिमिस्ट क्लबको आयोजना र हिबिस्कस स्कुलको सह–कार्यमा भएको प्रतियोगितामा कक्षा ६देखि १० सम्मका २० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा कक्षा–६ मा अध्ययनरत छात्रा जीविका याखाले प्रथम स्थान हात पार्न सफल वनेकी थिइन ।

news photo =2

त्यस्तै प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत आयुषा श्रेष्ठ र जनक साह दोश्रो र तेश्रो हुन सफल भए ।प्रतियोगितामा कक्षा–६ देखि १० सम्मका २० जना बिद्यार्थीहरु सहभागी थिए।

प्रतियोगिताको शीर्षक डिस्कभरिङ द अप्टिमिजम विदिन मि रहेको सो प्रतियोगितामा स्कुलका सिनियर अङ्ग्रेजी शिक्षक बल बहादुर बस्नेत र शिक्षक नयनराज राई प्रतियोगिताका निर्णायकहरु थिए।

कार्यक्रम संयोजक विजय सिं थेवेका अनुसार प्रथम हुने जीविका याक्खा आगामी बैशाख–२९ गते शुक्रबार काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछिन् ।

सो प्रतियोगितामा उत्कृष्ट भएमा जीविकाले सम्युक्त राज्य अमेरिकामा हुने विश्व प्रतियोगितामा भाग लिन जाने अवसर पाउने संयोजक थेबेले जानकारी दिए।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई धरान सिटि अप्टिमिस्ट क्लबका अध्यक्ष बिजय सिटौलाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका सहभागीहरुलाई पनि प्रमाण–पत्र बितरण गरीएको थियो ।

photo news = 3

कार्यक्रममा क्लबका उपाध्यक्ष देवानन्द झा, स्कुलका निर्देसक गङ्गाराम कुलुङ लगायतको उपस्थिति थियो।कार्यक्रम सन्चालन शिक्षिका चुन्साह लिम्बुले गरिन।

हिविसकस स्कुलले पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरुमा विशेष ध्यान दिदै कार्यक्रमहरु आयोजना गर्दे आएको छ ।

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic