रास्वपाको संगठन विस्तार अभियान तिव्र

  • जेठ १०, २०८०
  • २,५६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः राष्ट्रिय स्वतन्त्र पार्टीले धरानका आफ्नो संगठन विस्तार अभियानलाई तिव्रता दिन थालेको छ । करीव एकहप्ता अघि मात्र नगर समिति गठन भएको सो पार्टीले बुधवार धरानको ६ नं वडामा कमिटी गठन गरेको हो ।

वुधवार भएको भेलाले खेमप्रसाद फुयालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको धरान नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

सो समितिको उपाध्यक्ष् र सचिवमा बिजय कुवर र सुशिल वस्नेत रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा सम्झना कार्की,कपिल खत्री,मानबहादुर गुरुङ,रती तामाङ, रहिम थापा मगर,निकेश घिमिरे,नरबहादुर खड्का र बिनोद कट्वाल रहेकाछन् ।

भेलाले नगर समितिको प्रतिनिधिका लागि रोयल वजगाई र सन्तोष तामाङलाई चयन गरेको छ ।

संगठन अभियानालाई तिव्रता दिने वताएको रास्वपाले पहिलो वडा गठन गरेको हो । अन्य वडामा पनि कमिटी विस्तार अभियानालाई तिव्रता दिने नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

नगर संयोजक राजेशमान श्रेष्ठको सभापतित्वमा भएको सो भेलामा पार्टीकी कोशी प्रदेश उपाध्यक्ष सरिन तामाङ रहेकी थिइन ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic