लिबर्टी स्कुलमा हाउस प्रतिनिधि नेतृत्व चयनका लागि निर्वाचन

  • जेठ ११, २०८०
  • ३,२९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ जेठः लिबर्टी रेसिडेन्सियल स्कुल धरान ११ मा मा नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ ।

हाउस प्रतिनिधि चयन गरी बिभिन्न हाउसलाई कुशलतापुर्बक नेतृत्व प्रदान गर्नका लागि बुधबार निर्वाचन सम्पन्न भएको हो ।

मतदानमा कक्षा–५ देखि १० कक्षासम्मका बिद्यार्थीहरु सहभागि भएको स्कुलका शिक्षक एबम मतदान अधिकृत लोकेश मेन्याङवोले जानकारी दिएकाछन् ।

निर्वाचनमा १० पदका लागि १७ जना बिद्यार्थीहरुले उम्मेद्वारी दर्ता गराएको मतदान अधिकृत मेन्याङवोले जानकारी दिए। स्कुलमा रहेका ४ हाउस मध्ये पहेलो र निलो हाउसका प्रतिनिधिहरु निर्बिरोध निर्वाचित भएका छन।

निर्वाचन अधिकृत अनुसार स्कुल क्याप्टेनमा राजेश बराईली र आयुष राई स्कुल भाईस क्याप्टेनमा निर्वाचित भएका छन।

रेड हाउसको क्याप्टेनमा अमन गुरुङ र भाईस क्याप्टेन बिकास बिक निर्वाचित भएका छन।

यसैगरी निलो हाउसको क्याप्टेनमा मिङ्सो लक्सम र भाईस क्याप्टेनमा बिजु लिम्बु निर्वाचित भएका छन। पहेलो हाउस क्याप्टेनमा मौसम राई र भाईस क्याप्टेनमा प्रबेश लिम्बु निर्वाचित भएका छन।

ब्लु हाउसको क्याप्टेनमा श्वेता राई र भाईस क्याप्टेनमा चुनादेवि दाहाल निर्वाचित भएका छ। हाउसका प्रतिनिधि छान्ने निर्वाचन मार्फत बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिको बारेमा जानकारी दिने उद्येश्यले निर्वाचन आयोजना गरिएको प्रिन्सिपल भगत लिम्बुले जानकारी दिए।

निर्वाचन मार्फत हाउस प्रतिनिधि छान्नु लोकतान्त्रिक बिधि भएको र बिद्यार्थीहरुले भोट कसरी लगाईन्छ, निर्वाचन कसरी गराईन्छ भन्ने कुरा सिक्ने स्कुलका निर्देशक तेजमान लिम्बुले बताए।

liga = 2 liga =4 liga= 3 liga =6 liga =5

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic