धरान लिगामेन्ट स्कुलमा निर्वाचन, १० जनाको लागि ३२ जनाको उम्मेद्वारी

  • जेठ ११, २०८०
  • ५,०१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ जेठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । बिभिन्न हाउसको नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको हो ।

मतदानमा कक्षा(५ देखि १० सम्मका बिद्यार्थीहरु सहभागि भएको स्कुलका अनुशासन समितिका इन्चार्ज एबम मतदान अधिकृत अशोक राईले जानकारी दिए।

dharan ligament   final

निर्वाचनमा १० पदका लागि ३२ जना बिद्यार्थीहरुले उम्मेद्वारी दर्ता गराएको मतदान अधिकृत राईले जानकारी दिए।

निर्वाचन अधिकृत राइृका अनुसार स्कुल क्याप्टेनमा निर्भिका भुजेल र भाइस क्याप्टेनमा युन्छोना लिम्बु निर्वाचित भएका छन।

त्यसैगरी रेड हाउसको क्याप्टेनमा लादिप्मा राई र भाईस क्याप्टेन सस्मिता गुरुङ निर्वाचित भएका छन।

त्यस्तै हरीयो हाउसको क्याप्टेनमा सिकुम लिम्बु र भाईस क्याप्टेनमा अस्मिता बस्नेत निर्वाचित भएका छन।

पहेलो हाउस क्याप्टेनमा दिपेन बल र भाईस क्याप्टेनमा प्रशन्ना लिम्बु निर्वाचित भएका छन।

निलो हाउसको क्याप्टेनमा अदिप्ति राई र भाईस क्याप्टेनमा अनमोल राई निर्वाचित भएका छन् ।

हाउसका प्रतिनिधि छान्ने निर्वाचन मार्फत बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिको बारेमा जानकारी दिने उद्येश्यले निर्वाचन आयोजना गरिएको प्रिन्सिपल तेजमान लिम्बुले जानकारी दिए।

निर्वाचन सम्वन्धि व्यहारीक शिक्षा दिने उदेश्यले निर्वाचन मार्फत नै स्कुलको विद्यार्थीहरुको प्रतिनिधि निर्वाचित गरीएको प्रिन्सिपल लिम्वुको भनाई रहेको छ ।

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic