धरानमा यामाहा रे जेड आर १२५ सिसि स्कुटर लन्च ग्राहकको विश्वास जित्नेमा सोरुम संचालकको विश्वास

  • असार १६, २०८०
  • ३,८१७ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर
धरान,१६असार ः यमाहा कम्पनीले आफ्नो कम्पनीको नया स्कुटर यामाहा रे जेड आर १२५ सिसि हाईब्रिड स्कुटरको शुक्रवार धरानमा सार्वजानिक गरेको छ ।

यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सले शुक्रवार एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेको हो ।

संघिय प्रहरी ईकाई कार्यालय धरानका एसपि भिम दाहालले स्कुटरको सार्वजानिक गरेका थिए ।

विजयपुर ट्रेडर्सका प्रवन्ध निर्देशक प्रभाव खतिवडका अनुसार यामाहा रे जेड आर १२५ सिसि हाईब्रिड स्कुटरको बजार मुल्य २,७९,९०० रुपैया रहेका छ ।

कम्पनीका अनुसार सो स्कुटरमा हाइब्रिडको बेसिक मोडल स्ट्याण्डर्ड रियर ड्रम रहनुका साथै हाइब्रिड स्मार्ट मोटर जेनेरेटर सहितको हाइब्रिड ४ ट्रिम उपलब्ध रहेको छ ।

स्कुटरमा डिजिटल ईन्स्ट्रमेन्ट क्लस्टर ,स्टान्डर डिलक्स प्रिमियम र प्रिमियर प्लस सहित शक्तिशालि एयर कुल्ड फुयुल ईन्जेक्टेड १२५ सिसि ब्लु कोर ईञ्जीन रहेको छ भने इलेक्ट्रानिक्स पावर सपोर्ट सिमलेस एकिकरण ईन्धन बचत समेत गर्दछ ।
विजयपुर ट्रेडसले असार १७ गतेदेखि २२ गतेसम्म यामाहा एक्सेञ्न्ज अफर समेत ल्याएको छ ।

कनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कूटरहरु यामाहाको मोटरसाइकल तथा स्कुटरसंग पुरानो मोटरसाइकल वा स्कूटरको बजार मुल्याकनभन्दा ७,०००र बढी मुल्याकंन गरिने २ आर्थिक वर्षको कर तिरिदिने, नयाँ खरिदमा ७ हजार को छुटसहित हेलमेट तथा रेनकोट उपहारका साथै जिरो व्याजमा फाइनान्स सुविधा दिएको ट्रेर्डसका प्रबधक निर्देशक खतिवडाले जानकारी दिए ।

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्समा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक देशकै दोस्रो अत्याधुनिक र सुविधा सम्पन्न शोरुम विजयपुर ट्रेडर्सले बजारमा ल्याएको छ ।

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic