होलील्याण्ड स्कुलले होलील्याण्ड कप आयोजना गर्ने

  • असार २०, २०८०
  • १,२९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असार ः होली ल्याण्ड इन्टरनेशनल स्कुल धरान–१५ ले कक्षा ८ देखि एसइइ दिएर बसेका विद्यार्थीहरुको लागि प्रदेश स्तरीय होलील्याण्ड बास्केटबल कप आयोजना गर्ने भएकोछ ।

स्कुलले विद्यार्र्थीहरुको शारिरीक, मानसिक तथा बौद्धिक विकासका निमित्त होलिल्याण्ड कप २०८० ९पुरुष फुल सेट र महिला ३ बाई ३ सञ्चालन गर्न लागेको हो ।

विद्यालयमा पढाई, सिकाईका साथै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको सक्रिय सहभागिताको अपेक्षा सहित प्रतियोगिताको आयोजना गर्न लागिएको स्कुलका प्रिन्सिपल राजकुमार लिम्वुले जानकारी दिनुभएको छ ।

लिम्वुका अनुसार प्रतियोगिता असार २२, २३ र २४ गते होलील्याण्ड इन्टरनेश्नल स्कूलको खेल मैदान धरान १५ मा सञ्चालन हुने सो प्रतियोगिता कोशी प्रदेश स्तरीय हुनेछ ।

प्रतियोगितामा पुरुष तफका विजेताले नगद र १०००० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ५,००० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने महिला तर्फका विजेताले ८०००, उपविजेताले रु ४००० प्राप्त गर्नेछन् ।

प्रतियागिताको मष्ट भ्यालुएवल प्लेयर, राइजिङ प्लेयर तथा हरेक खेलमा म्यान अफ दि म्याचले मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा महिला र पुरुष विधामा करिब २२ वटा टिमको सहभागिता रहने अनुमान गरिएको छ ।

विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकास गर्नको लागि र खेलको माध्यमबाट स्वास्थ्य हुन सकिन्छ भन्ने सन्देश दिनको लागि पनि प्रतियोगिता आयोजना गर्न लागिएको स्कुलका डाइरेक्टर अर्जुन मेन्याङ्वोले जानकारी दिनुभयो ।

प्रतियोगितामा कोशी प्रदेश भरीका २२ स्कुलका पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजकको भनाई रहेको छ ।

प्रतियोगिताको प्राविधिक सहयोग हराईजन क्लबले गर्ने आयोजकले जनाएकोछ

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic