होलील्याण्ड स्कुलले होलील्याण्ड कप आयोजना गर्ने

  • असार २०, २०८०
  • १,२५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असार ः होली ल्याण्ड इन्टरनेशनल स्कुल धरान–१५ ले कक्षा ८ देखि एसइइ दिएर बसेका विद्यार्थीहरुको लागि प्रदेश स्तरीय होलील्याण्ड बास्केटबल कप आयोजना गर्ने भएकोछ ।

स्कुलले विद्यार्र्थीहरुको शारिरीक, मानसिक तथा बौद्धिक विकासका निमित्त होलिल्याण्ड कप २०८० ९पुरुष फुल सेट र महिला ३ बाई ३ सञ्चालन गर्न लागेको हो ।

विद्यालयमा पढाई, सिकाईका साथै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको सक्रिय सहभागिताको अपेक्षा सहित प्रतियोगिताको आयोजना गर्न लागिएको स्कुलका प्रिन्सिपल राजकुमार लिम्वुले जानकारी दिनुभएको छ ।

लिम्वुका अनुसार प्रतियोगिता असार २२, २३ र २४ गते होलील्याण्ड इन्टरनेश्नल स्कूलको खेल मैदान धरान १५ मा सञ्चालन हुने सो प्रतियोगिता कोशी प्रदेश स्तरीय हुनेछ ।

प्रतियोगितामा पुरुष तफका विजेताले नगद र १०००० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ५,००० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने महिला तर्फका विजेताले ८०००, उपविजेताले रु ४००० प्राप्त गर्नेछन् ।

प्रतियागिताको मष्ट भ्यालुएवल प्लेयर, राइजिङ प्लेयर तथा हरेक खेलमा म्यान अफ दि म्याचले मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा महिला र पुरुष विधामा करिब २२ वटा टिमको सहभागिता रहने अनुमान गरिएको छ ।

विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकास गर्नको लागि र खेलको माध्यमबाट स्वास्थ्य हुन सकिन्छ भन्ने सन्देश दिनको लागि पनि प्रतियोगिता आयोजना गर्न लागिएको स्कुलका डाइरेक्टर अर्जुन मेन्याङ्वोले जानकारी दिनुभयो ।

प्रतियोगितामा कोशी प्रदेश भरीका २२ स्कुलका पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजकको भनाई रहेको छ ।

प्रतियोगिताको प्राविधिक सहयोग हराईजन क्लबले गर्ने आयोजकले जनाएकोछ

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic