छाल खवर
धरान,२३ असार ः कुर्नै वेला सरकारी स्कुलमा आफ्ना नानीहरु पढाउदा छिमेकीहरुलाई देख्दा नाक खम्चाउनुपर्ने अवस्था रहेको जता माध्यामिक विद्यालय इटहरी यतिवेला अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाईको वन्ने गरेको छ ।
नेपाली उखान न्याय नपाए गोर्खा जानुु भन्ने उखान जस्तै पढेर भविष्य वनाउन पहिलो रोजाईका लागि जनता स्कुल जानु भर्ना नपाए अन्य स्कुल जानु भन्ने अवस्था भएको छ ।
कुनै समय पढनका लागि विद्यार्थी घर घर खोज्न जानुपर्ने जनता यतिवेला पढानको लागि कोटाका लागि प्रवेश परिक्षा गरेर छनौट गरेर मात्र भर्ना लिनुपर्ने अवस्थामा परिणत भएको छ । गरे के हुदैन भन्ने उदाहरण वनेको जनता यतिवेला पूर्वकै चर्चाको शिखरमा छ ।
विद्यालयको भौतिक संरचना, गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनका कारण नै जनता मावि सवैको रोजाईमा परेको हो । ।जनतामा प्रवेश परीक्षामा असफल भएका विद्यार्थीहरु मात्र अन्य नीजी बोर्डिङ स्कुलमा जाने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको भनाई रहेको छ ।
जनताको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ र ९ मा दुई वटा ब्लग रहेको छ । राजमार्गदेखि २०० मिटरभित्र पर्ने यो विद्यालय सवैको मन जित्न सफल भएको बन्दै गएको छ ।सामुदायिक विद्यालय भए पनि यो विद्यालयको भौतिक संरचना मात्रै होइन, यहाँको शिक्षा पनि उत्तिकै उत्कृष्ट रहेको स्थानीय अभिभावकहरू बताउँछन् । विद्यालयका सबै कक्षामा सिसिटिभी क्यामरा जडान भएकाले प्रत्येक कक्षाको गतिविधी प्रधानाध्यापकद्धारा निगरानी समेत गरिन्छ । विद्यालयमा अध्ययन गराउने शिक्षकहरु प्रायः स्नाकोत्तर गरेका छन् । इटहरीका नाम चलेका नीजि स्कुलका विज्ञान, गणित विषयका शिक्षकहरु जनता माविमा ल्याएर पढाउन सफल वनेको अध्यक्ष दंगालको दावी रहेको छ ।
क्षेत्रफलको हिसावले जनता स्कुल करिव १३ बिगाह जग्गामा फैलिएको छ । पठनपाठन र चुस्त व्यवस्थापनले शैक्षिक वातावरण नै बदलिएको छ । विसं २०१३ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यो विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ ।
विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले व्यवस्थापन, कम्प्युटर, शिक्षा र मानविकी विषय पढाई भईरहेको र यस वर्षदेखि कानुन विषय शुरु गर्न लागेको जानकारी दिनुभयो ।
उहाका अनुसार अनिवार्य प्रवेश परीक्षा र प्रविधी मैत्री शिक्षा विद्यालयले नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्नाका लागि अनिवार्य नीति वनाएको छ ।
अध्यक्षष दंगालका अनुसार ३ हजार ९ सय जना विद्यार्थीहरु अध्ययनरत रहेकाछन् । उहाँका अनुसार विद्यार्थीहरु नीजिबाट जनता माविमा अध्ययन गर्न आउनेको संख्या वढदो मात्रामा रहेको छ ।
दिनानु दिनको वढ्दो सुधार र पठन पाठन उत्कृष्ट वन्दै गए पछि विद्यार्थीहरुको आकर्षण एकपछि अर्को गरेर वढने गरेको हो ।
सुविधा सम्पन्न कक्षा कोठा,मल्टिमिडिया, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, पुस्तकालय, महिला बालबालिका, अपाङ्गमैत्री शौचालय र विद्यार्थीको युनिर्फम हेर्दा यो विद्यालय नीजि स्तरमा खुलका कुनै निजी विद्यालय भन्दा कम देखिंदैन ।
सबै कक्षामा ल्यापटपबाट शिक्षकले प्रोजेक्टरको सहायताले स्मार्ट बोर्डमा पढाउँछन् ।जनताका शिक्षकहरुले मार्कर र डस्टरबाट मुक्ति पाइसकेकाछन् उनीहरुले प्यानल बोर्ड मार्फत पढाउने गरेकाछन् ।
स्मार्ट बोर्ड भने सबै कक्षामा छन् । उनीहरुको पढाउने शैली नै फेरीएको छ डस्टर बोकर कक्षा कोठा छिर्ने शिक्षकहरु झोलामा ल्यापटप लिएर छिर्ने गरेकाछन् । डिभाइसमा जोडेर प्रोजेक्टर मार्फत विद्यार्थीहरुलाई पढाउदै आएका छन् । हाल सरकारी र निजी गरि १ सय ५३ जना शिक्षक शिक्षिकाले अध्ययापन गराइरहेको विद्यालयले जनाएको छ ।
अक्षय कोषबाट गरिव विपन्न समुदायको विद्यार्थी पढाउदै जनता
पढन सक्ने तिव्र दिमाग भएका तर आर्थिक रुपमा समस्यामा रहेका विद्यार्थीहरुको लागि अक्षयकोषबाट सुविधा दिदै आएको छ ।
विद्यालयले गरिव र विपन्न विद्यार्थीलाई अक्षय कोष मार्फत सहयोग गरी पढाउदै आएको छ । पढने क्षमता हुदा हुदै पनि आर्थिक अभावमा पढाईबाट कसैले पनि वन्चित हुन नपरोस भन्ने उदेश्यले स्कुलले गरीव तथा विपन्न वर्गका विद्यार्थीहरुका लागि गरीव जेहेन्दार छात्रवृत्ति कोष स्थापना गरीएको व्यवस्थापन समितीका अध्यक्ष दंगालले बताउनुभयो ।
अध्यक्ष दंगालका अनुसार गत सालदेखि विपन्न र गरिव विद्यार्थीको निम्ति भनेर अक्षय कोष बनाइएको छ सो कोषमा समुदायमा योगदान गर्न चाहनेहरुको सहयोगी मनहरुबाट हाल १८ लाखको कोष वनेको छ ।
विद्यालय व्यवस्थापन समितिले कार्यकाल अवधिसम्म ५ करोडको कोष वनाउने लक्ष्य लिएको भए पनि आर्थिक मन्दीका कारण समितीको कार्यकालसम्म १ करोडसम्म बनाउने लक्ष्य लिएको बताइएको छ । कोष व्याजद्धारा गरिव तथा विपन्न समुदायको विद्यार्थीलाई अध्ययन गर्नको निम्ति सहयोग गरिदै आएको छ ।
जनताको यस वर्षको नया योजना कक्षा ११ मा कानुन विषय अध्ययन
पछिल्लो समय एक्कासी आकर्षण वढदै गएको विषयको रुपमा रहेको कानुन विषयको रुचीलाई मध्यनजर गर्दै कक्षा ११ र १२ मा कानुन विषय थप गरिएको विद्यालयका प्राचार्य पशुपती सिग्देलले जानकारी दिनुुभयो ।उहाका अनुुसार कक्षा ११ र १२ मा गरेर हाल ८ सय ५० जना विद्यार्थी अध्ययनरत रहेकाछन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ ।
दुुइ हजार विद्यार्थी थप्ने विद्यालयको लक्ष्य
यस वषृ सवै विषयमा गरी एक हजार जना थप विद्यार्थी भर्ना लिने लक्ष्यका साथ अघि वढेको विद्यालयको भनाई रहेको छ ।व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले भवन र कोठा अभावमा हामीले धेरै विद्यार्थी भर्ना लिन समस्या परेकोले यस वर्षदेखि प्लस टुमा मात्रै दुई हजार जना विद्यार्थी भर्ना लिने तयारीमा रहेको वताउनुभयो । विद्यालयमा विज्ञान विषय अध्ययन गर्नेका लागी ९ वटा कोठाको अत्याधुनीक सुविधा सम्पन्न ल्याबको निर्माण अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।
गुणस्तरमा जिल्ला कै उत्कृष्ट जनता
विद्यालय व्यवस्थापनको हिसावले जनता माध्यामिक विद्यालय सुनसरी जिल्लाकै उत्कृष्टट ब्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा प्रमाणित भइसकेको छ । जनतालाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया सहयो गरेको थियो ।
गत वर्षको एसइइ परिक्षामा २८७ जना विद्यार्थीले शतप्रतिशत नतिजा निकाल्न सफल भएका थिए । पास हुने विद्यार्थी मध्ये ३७ जनाले ए प्लस र ८२ जनाले ए ग्रेड ल्याएका थिए । यो सफलताले विद्यालयको उचाई माथि पुु¥याउन सफल वनेको थियो ।
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic