यु एन नवोदय कलेज शैक्षिक क्षेत्रको सफलता पछि व्यवसायिक क्षेत्रमा

  • असार २३, २०८०
  • ७,९२४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२३ असारः युएन नबोदय कलेज धरानले शैक्षिक क्षेत्रको सफलतापछि व्यवसायिक क्षेत्रमा लगानी गर्दै व्यवसायिक क्षेत्रमा प्रवेश गर्न लागेको छ ।

कलेजले शनिवार कलेजमा पत्रकार सम्मेलन गरी युएन बेकरी एण्ड क्याफेमा लगानी गर्दै व्यवसायिक क्षेत्रमा प्रवेश गर्न लागेको जनाएको हो ।

नवोदय कलेजका प्रिन्सिपल डम्वर कुमार तुम्वापोले विद्यार्थीहरुलाई आर्थिक उपार्जन गरि आत्मानिर्भर बनाउदै पढ्दै कमाउदै शिक्षा अन्तर्गत क्याफे संचालनको तयारी गरेको बताए ।

सम्मेलनमा वोल्दै कलेजको आफ्नै जनशक्ति र ब्राण्ड प्रयोग गरेर क्याफे संचालनमा ल्याउने तयारी रहेको जानकारी दिएकाछन् ।

क्याफेले धरानको कोशेलिको स्पेसल ब्रान्ड धराने मिठाई उत्पादन गर्ने क्याम्पस प्रमुख तुम्बापोले थप जानकारी दिएकाछन् ।

कलेजले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुको सीप वृत्ति बिकास गर्दै स्वरोजगारी बनाउन क्याफे सञ्चालन गर्ने योजनामा रहेको तुम्बापोले बताए ।

करिव १ करोड्को लगानीमा भदौको पहिलो हप्ता देखि धरान १६ स्थित विद्युत प्राधिकरण छेउमा सञ्चालन गर्ने तुम्बाफेले बताए ।

उनले आफनै जनशक्तिमा उत्पादित सामानहरु गुणस्तरीय हुने दावी समेत गरेकाछन् । अस्वस्थ्य प्रतिस्पर्धाका बिच व्यवसायिक स्वस्थ्य प्रतिस्पर्था गरेर आफ्नो ब्रान्ड स्थापित गर्ने योजना रहेको बताए ।

कलेजका अध्यक्ष ज्ञानेश्वोर झाले अभिभावक तथा सर्बसाधारण मानिसलाईपनि मासिक तथा त्रैमासिक रुपमा रिस्टा,बेकरी,पास्ट्री,जस्ता तालिम सञ्चालन गर्ने जानकारी दिए ।

क्याफेले उत्पादन गरेको सम्पुर्ण सामान बजार मुल्य भन्दा सुपथ मुल्यमा बिक्री बितरण गर्दै फ्री डेलिभरीको ब्यबस्था गर्ने अध्यक्ष झाले बताए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic