होलिल्याण्ड कप बास्केटबलको उपाधी टावर टेम्पल र होलिल्याण्ड स्कुललाई

  • असार २६, २०८०
  • ५,१९५ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२६असार ः होलिल्याण्ड इन्टरनेसनल स्कुलले आयोजना गरेको प्रदेश स्तरीय अन्तरविद्यालय होलिल्याण्ड कप बास्केटबल प्रतियोगीताको उपाधि टावर टेम्पर विर्तामोड र होलील्याण्ड स्कुलले हात पारेको छ ।

आईतवार सम्पन्न प्रदेश स्तरिय बास्केटबल प्रतियोगितामा छात्रतर्फ टावर टेम्पल बिद्यालय विर्तामोड विजयी भएको थियो भने छात्रातर्फ आयोजक होलील्याण्ड इन्टरनेशनल स्कुल विजेता वनेको थियो ।

त्यसैगरी छात्रतर्फको उपविजेतामा होलील्याण्ड इन्टरनेशनल स्कुल हुन सफल भएको थियो भने छात्रातर्फको उपविजेता चिल्ड्रेन एकेडेमी वन्न सफल वनेको थियो ।

holilana school photo = 2 असार २३ र २४ गते सम्पन्न छात्र र छात्रातर्फ भएको सो प्रतियोगितामा विजेता टावर टेम्पल बिद्यालय विर्तामोडले नगद १० हजार सहित मेड्ल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपबिजेता होलिल्याण्ड ई.स्कूलले नगद ५ हजार साथै ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको थियो ।

छात्रातर्फ बिजेता होलिल्याण्डले नगद ८ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको थियो । उपबिजेता चिल्ड्रेन एकेडेमीले ४ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।

छात्रतर्फ टेम्पल टावरको टिमले फाइनलमा ३३÷३२को स्कोर गर्दै उपाधी हासिल गरेको हो भने छात्रातर्फ होलील्याण्ड ई। स्कूल ब्ु ले ८.२ को स्कोर गर्दै उपाधि चुम्न सफल वनेको थियो ।

प्रतियोगिताको व्यक्तिगत बिधामा तर्फ बेस्ट स्कोर र मष्ट भ्यालुएवल प्लेयरको उपाधी टेम्पल टावर स्कुलका खेलाडी नितेश बस्नेत घोषित भएका थिए ।

छात्रतर्फ ुराइजिङ प्लेयरु होलील्याण्डका डोनिस सुनुवार र छात्रातर्फ होलील्याण्ड स्कुलकै दिक्षा राईले प्राप्त गर्नुका साथै मेड्ल र ट्रफी प्राप्त गरेका थिए । छात्रातर्फको मष्ट भ्यालुएवल प्लेयर होलील्याण्डस्कुलकी तुमा लिम्वु घोषित भएकी थिइन ।

होराईजन क्लबको प्राबिधिक सहयोगमा भएको प्रतियोगीतामा छात्रतर्फ फुल कोर्ट ५÷५ र छात्रातर्फ हाफ कोर्ट ३ ÷ ३ मा खेलाईएको थियो ।

प्रतियोगितामा प्रदेशभरीका १५ विद्यालयका २९ टीम सहभागी रहेका थिए ।

प्रतियोगीताको समापन समारोहको सभापतित्त्व विद्यालयका डाइरेब्टर खगेन्द्र कुमार मेन्याङ्‌बोले गरेका थिए भने प्रमुख अतिथी इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक नवराज मल्ला रहेका थिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic