धराननगरपालिकाको वजेट प्रति धरान फुटवल क्लवको असन्तुष्टी

  • असार २६, २०८०
  • ३,४२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ असार ः धरान उपमहानगरपालिकाले हालै नगर परिषदबाट पारित गरेको बजेट विनियोजन प्रति धरान फुटवल क्लवले असन्तुष्टी जनाएइको छ ।

क्लवले मंगलवार कार्यालयमा पत्रकार सम्मेलनगरी सरोकार निकायसंग छलफल नगरी वजेट ल्याएको भन्दै क्लवले असन्तुष्टी जनाएको हो ।

नगर परिषदमा धरान फुटवल क्लव माथि उठेको आलोचनाका विषमा क्लवका अध्यक्ष किशोर राईले सस्तो लोकप्रियताको लागि वोल्नु भन्दा पनि तथ्यमा गएर वोल्नु सुझाव समेत दिएकाछन् ।

नगर परिषदमा जनप्रतिनिधिहरुले क्लवका विविध विषयमा गरेको आलोचनाले आफूहरुको मानमदएन भएको समेत राईले पत्रकार सम्मेलनमा गुनासो गरेकाछन् ।

उनले धरान नगरपालिकाको बजेट विना प्रति अन्र्तराष्ट्रिय वुढासुव्वा गोल्डकप संचालन गरेर देखाइ दिने चुनौति समेत दिएकाछन् ।

राईले गतवर्षको प्रतियोगिता सम्पन्न भएको यति लामो समयसम्म पनि केही संघ संस्थाहरुबाट र धरानकै केही वडाहरुबाट प्रतियोगिताको लागि छुट्याएको रकम प्राप्त हुन नसकेको हुनाले क्लबले हिसाव तकाल सार्वजनिक गर्न नसकेको जानकारी समेत गराएकाछन् ।

संस्थागत रुपमा विगत २५ वर्षदेखि धरान फुटबल क्लब धरानमा फुटबल खेलको विकासका लागि निरन्तर रुपमा लागिपरेको छ २५ वर्षदेखिको त्याग र समर्पणलाई नगरपालिकाले हल्का रुपमा लिइएको आरोप समेत लगाएको छ ।

कुनैपनि बहानामा धरान फुटबल क्लबको मानमर्दन आफूहरुलाई सह्य नहुने चेतावनि समेत दिएकोछ ।

धरान नगरपालिकाले धरान खेलकुदको शहर भन्ने गरेको भएपनि बजेट विनियोजनमा भने जनप्रतिनिधिहरुलाई दुईहात जोडेर हार गुहार गर्नुपर्ने विडम्वना रहेको राईको भनाई रहेको छ ।

क्लवले केही समयअघि बुढासुब्बा गोल्डकपका लागि धरान उपमहानगरपालिकालाई पहिलो र दोस्रो पुरस्कार राशी १० लाख र ५ लाख विनियोजन गर्नको लागि माग गरेको थियो तर यस पटकको २४ औं संस्करणका लागि ९ लाख विनियोजना गरीएको छ ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic