धराननगरपालिकाको वजेट प्रति धरान फुटवल क्लवको असन्तुष्टी

  • असार २६, २०८०
  • ३,४८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ असार ः धरान उपमहानगरपालिकाले हालै नगर परिषदबाट पारित गरेको बजेट विनियोजन प्रति धरान फुटवल क्लवले असन्तुष्टी जनाएइको छ ।

क्लवले मंगलवार कार्यालयमा पत्रकार सम्मेलनगरी सरोकार निकायसंग छलफल नगरी वजेट ल्याएको भन्दै क्लवले असन्तुष्टी जनाएको हो ।

नगर परिषदमा धरान फुटवल क्लव माथि उठेको आलोचनाका विषमा क्लवका अध्यक्ष किशोर राईले सस्तो लोकप्रियताको लागि वोल्नु भन्दा पनि तथ्यमा गएर वोल्नु सुझाव समेत दिएकाछन् ।

नगर परिषदमा जनप्रतिनिधिहरुले क्लवका विविध विषयमा गरेको आलोचनाले आफूहरुको मानमदएन भएको समेत राईले पत्रकार सम्मेलनमा गुनासो गरेकाछन् ।

उनले धरान नगरपालिकाको बजेट विना प्रति अन्र्तराष्ट्रिय वुढासुव्वा गोल्डकप संचालन गरेर देखाइ दिने चुनौति समेत दिएकाछन् ।

राईले गतवर्षको प्रतियोगिता सम्पन्न भएको यति लामो समयसम्म पनि केही संघ संस्थाहरुबाट र धरानकै केही वडाहरुबाट प्रतियोगिताको लागि छुट्याएको रकम प्राप्त हुन नसकेको हुनाले क्लबले हिसाव तकाल सार्वजनिक गर्न नसकेको जानकारी समेत गराएकाछन् ।

संस्थागत रुपमा विगत २५ वर्षदेखि धरान फुटबल क्लब धरानमा फुटबल खेलको विकासका लागि निरन्तर रुपमा लागिपरेको छ २५ वर्षदेखिको त्याग र समर्पणलाई नगरपालिकाले हल्का रुपमा लिइएको आरोप समेत लगाएको छ ।

कुनैपनि बहानामा धरान फुटबल क्लबको मानमर्दन आफूहरुलाई सह्य नहुने चेतावनि समेत दिएकोछ ।

धरान नगरपालिकाले धरान खेलकुदको शहर भन्ने गरेको भएपनि बजेट विनियोजनमा भने जनप्रतिनिधिहरुलाई दुईहात जोडेर हार गुहार गर्नुपर्ने विडम्वना रहेको राईको भनाई रहेको छ ।

क्लवले केही समयअघि बुढासुब्बा गोल्डकपका लागि धरान उपमहानगरपालिकालाई पहिलो र दोस्रो पुरस्कार राशी १० लाख र ५ लाख विनियोजन गर्नको लागि माग गरेको थियो तर यस पटकको २४ औं संस्करणका लागि ९ लाख विनियोजना गरीएको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic