एम्सको प्रवेश परीक्षामा ३२७ सहभागि

  • असार २८, २०८०
  • १,८६१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२८ असार ः एम्स एकेडेमी धरान–१२ ले माध्यामिक शिक्षा परीक्षा उर्तिण गरेका विद्यार्थीहरुको लागि पहिलो चरणको प्रवेश परीक्षा शुरु गरेको छ ।

एकेडेमीले पहिलो चरणको लागि विहिवार प्रवेश .परीक्षा लिएको हो ।

कलेजले कक्षा ११ मा नया भर्नाका लागि प्रवेश परीक्षा संचालन गरेकोमा ३ सय २७ जना सहभागी भएको प्लस टु कोअडिनेटर हेमन्त भण्डारीले जानकारी दिएकाछन् ।

भण्डारीका अनुसार दोस्रो चरणको प्रवेश परीक्षा असार ३१ गते हुने छ ।

एम्समा साईन्स, म्यानेजमेन्ट, कम्प्युटर साईन्स, ट्राभल एन्ड टुरिजम, होटल म्यानेजमेन्ट, ह्युमानिटी, मास कम्युनिकेसन र एजुकेसन बिषयको पढाई हुने गरेको छ।

अहिलेको समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासका लागि अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिईने कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर दुर्गा सुबेदीले जानकारी दिए।

एम्स एकेडमीले शिक्षा क्षेत्रमा पछिल्लो समय ठुलो फड्को मार्नं सफल भएको छ । यस कलेजका प्राध्यापकहरु दक्ष तथा अनुभवि भएकोले पनि कलेजमा विद्यार्थीहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

कलेजले दिदै आएको शैक्षिक गुणस्तर नै कलेजको विशेषता भएको कलेजका मेनेजमेन्ट कोअर्डिनेटर सुवेदीको भनाई रहेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic