हिविसकस स्कुलद्धारा विद्यार्थीहरुलाई कानुनी पेसाको परामर्श

  • असार ३०, २०८०
  • २,०१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० असार ः हिविसकस इङ्लिस बोडिङ स्कुल धरान– १५ ले विद्यार्थीहरुका लागि हिविस्रकस क्यारीयर कानुनको लागि परामर्श कार्यक्रम आयोजना गरेको छ ।

स्कुलले कक्षा ११ मा कानुन विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई कानुनी पेसाको विषयमा परामर्शको आयोजना गरेको हो ।

कानुन विषयका शिक्षक अधिवक्ता देवेन राईले कानुन विषयको आवस्यकताको विषयमा जानकारी गराएका थिए । उनले रोजगारीको ग्यारेन्टी भएको विषय भएको वारेमा पनि थप प्रष्ट पारेका थिए ।

शिक्षक राईले कानुन विषयमा कक्षा १२ अध्ययन पुरा भएपछि हुने उपलव्धि र एलएलवि पछिको उपलव्धिका विषयमा जानकारी गराएका थिए ।

उनले अन्य विषयको जतिकै कानुन अध्ययन गर्ने विद्यार्थीको पनि भविष्य उज्जवल रहेको जानकारी दिएका थिए ।

स्कुलका निर्देशक गगाराम राईले सवैभन्दा छिटो र सजिलो रोजगारीको ग्यारेन्टी भएकोले यो विषयमा अध्ययन गर्न सुझाव दिएका थिए ।

कक्षा ११ मा अध्ययन गर्नको लागि अन्यौलमा रहेका विद्यार्थीहरुलाई कानुन विषय अध्ययन गर्नको लागि अन्यौल नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले वताए ।

स्कुलका संचालक पवन झा ले कानुन विषयको आवस्यता र औचित्यको वारेमा जानकराी दिएका थिए ।सो कार्यक्रमको संचालन नयनराज  राईले गरेका थिए ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic