विष्णु स्कुलद्धारा मुटु रोग सम्वन्धि क्लिनिक सम्पन्न

  • साउन १, २०८०
  • ३,४७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउनः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले एक दिने मुटु रोग सम्वन्धि निःशुल्क स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका ७० वा सो भन्दा माथि उमेरका अभिभावकहरुका लागि स्वास्थ्य क्लिनिक संचालन गरेको हो ।

शनिवार भएको सो क्लिनिकमा अभिभावक साथै स्थानीय ६४ जनाले सेवा लिएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले जानकारी दिनुभयो ।

bishnu school photo side

क्लिनिकमा वरिष्ट मुटु रोग विशेषज्ञ डा प्रसान्त शाहले सेवा दिनु भएको थियो । परिवर्तनका लागि सामाजिक अभियानसँगको सहकार्यमा सो क्लिनिक संचालन भएको हो ।

सो कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको थियो ।

पढाईका अतिरीक्त सामाजिक क्षेत्रमा केही न केही मात्रामा भएपनि योगदान दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल श्रेष्ठले वताउनु भयो ।

विष्णु स्कुलले सामाजिक कार्यलाई निरन्तरता दिदै आएको छ । यस अघि पनि विभिन्न कार्यक्रम सम्पन्न गरीसकेको छ ।

शिक्षा क्षेत्रमा धरानमा विष्णु स्कुल निकै अव्वल रुपमा रहेको छ ।

 

 

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic