असल शिक्षकका १० गुण के–के हु्न्

  • साउन १४, २०८०
  • ८५९ पटक पढिएको
  • छाल खबर

यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ। सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ। २१ औं शताब्दीमा शिक्षामा अनेकन परिवर्तन र सुधारहरु आएका छन्। तर, मानवीय सम्पर्क तथा दुईतर्फी सम्वादको भूमिका समयको साथ अझै धेरै प्रासंगिक हुँदै हामीसामू आइरहेको छ।

आजकाल दैनिक सामाजिक सञ्जालमा होस वा अखबारमा प्रकाशित हुने समाचारमा होस शिक्षकका राम्राभन्दा नराम्रा समाचारहरु बढी आउँछन्। नेपालमा समय–समयमा आफ्नो अनुकुल गरिने शिक्षा ऐनको संशोधनका कारणले होस वा विद्यालयको खस्कँदो गुणस्तरका कारणले होस शिक्षकको आलोचना भइरहेको पाइन्छ।

पहिले शिक्षक कडा हुनुपर्छ भनिन्थ्यो। शिक्षकले भनेका सबै कुरा विद्यार्थीले पालना गर्नैपर्छ भनिन्थ्यो। विद्यार्थीहरु शिक्षकसँग डराउँथे। तर अहिले समय परिवर्तन भइसकेको छ। समयसँगै शिक्षक र विद्यार्थीको सम्बन्ध पनि परिवर्तन भइसकेको छ। सिकाइका तरिका पनि परिवर्तन भइसकेका छन्।

हामीले राम्रा शिक्षकको केही गुणहरु यहाँ उल्लेख गरेका छौं, जुन गुणले शिक्षकको उचाई चुलिन्छ, विद्यार्थीको भविष्य बन्छ र सिङ्गो राष्ट्रको मुहार फेरिन्छ। यी हुन्

असल शिक्षकका १० गुण

१. राम्रो शिक्षकले कक्षाकोठामा भएका सबै विद्यार्थीलाई पहिचान गर्न सक्छ। नाम, ठेगाना तथा पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत र विद्यार्थीका व्यक्तिगत समस्यासमेत थाहा पाएको हुन्छ।

२. राम्रा शिक्षकले ती सबै विद्यार्थीले समान अवसर दिन्छन्। जसलाई उत्तर थाहा पाएर पनि बोल्न नसक्ने हुन्छन् र शिक्षकले बोल्न सक्ने वातावरण सिर्जना गरी उनीहरुलाई सहयोग गर्छन्।

३. कमजोर विद्यार्थीलाई उनीहरुका कमजोरी हटाउन र उनीहरुलाई बलियो बनाउन सहयोग गर्छन्। कक्षाकोठामा मध्यम विद्यार्थीलाई आधार मानेर अध्यापन गर्छन्।

४. राम्रा शिक्षक विद्यार्थीका साथीजस्तै हुन्छन्। विद्यार्थीको ठट्टा र चुट्किलामा हाँस्न सक्छन्। र, निकै स्नेहले व्यवहार गर्छन् ताकि विद्यार्थीले विद्यालयमा पनि आफ्नै अभिभावकको अनुभूति गर्न सकुन्।

५.उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीले गलत लेखेको अवस्थामा रातो मसीले गोलो लगाउनुको साटो उत्तर कसरी सही हुन्छ भन्ने जानकारी दिन्छन्। विद्यार्थीलाई हतोत्साही बनाउने होइन, अझै उत्साही र परिस्कृत हुन प्रेरित गर्छन्।

६. जो शिक्षक विद्यार्थीलाई स्वतन्त्रता दिन रुचाउँछन्, दिन्छन्, विद्यार्थीलाई आफ्नो दृष्टिकोण राख्न सहयोग गर्छन्, ती राम्रा शिक्षक हुन्छन्। दवावमा राखेर होइन, प्रभावित पारेर सिकाउनु असल शिक्षकको सबैभन्दा ठूलो गुण हो।

७. विद्यार्थीसँग खेल खेल्ने, चिया तथा खाजा खान नहिच्किचाउने शिक्षक राम्रा हुन्छन्। त्यसले शिक्षक–विद्यार्थीबीच सहकार्य बढाउँछन्। सहकार्यले विद्यार्थीलाई उत्तर दिने मात्र होइन, प्रश्न गर्न पनि सिकाउँछ।

८. विद्यार्थीसँग कहिले साथी, त कहिले अभिभावक, अध्यापक, दाजुभाइ तथा दिदीबहिनी जस्तै सम्बन्ध निभाउने शिक्षक राम्रा शिक्षक हुन्छन्। जसले विद्यार्थीका व्यक्तिगत समस्या समाधानमा पनि हिस्सेदारी लिन्छन्, ती शिक्षक विद्यार्थी र अभिभावकको आँखाका नानी बन्छन्।

९. विद्यार्थीको मनोभावना बुझेर ऊ दुःखी छ भने उसलाई खुसी बनाउने शिक्षक र उसको समस्या पहिचान गरेर समाधान गरिने शिक्षक राम्रा हुन्छन्। विद्यार्थीको मनोविज्ञानको ख्याल गर्दा आत्मीय मात्रै बढ्दैन, पढाइप्रतिको अभिरुचि पनि बढ्छ।

१०. पढाइसँगै अतिरिक्त क्रियाकलापमा सघाउने, विद्यार्थीको चाहना बुझेर उसलाई सिकाउने शिक्षक राम्रा शिक्षकमा पर्छन्। यसले विद्यार्थीलाई बहुमूखी प्रतिभा विकासमा सघाउ पनि पुग्छ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic