नेपियर घाँस खेती प्रविधि के हो

  • साउन १६, २०८०
  • १,७५३ पटक पढिएको
  • छाल खबर
alt

परिचय

हात्तीघाँस–१, नेपियर घाँस, उखु जस्तो देखिने एक वहुवर्षीय घाँस हो । एकपटक लगाएपछि ४–५ वर्षसम्म हरियो घाँसको उब्जा पाउन सकिन्छ । अरू घाँसको दाँजोमा बढी हरियो घाँसको उब्जा यस घाँसबाट पाइन्छ र पहिलो वर्षमा लाग्ने उत्पादन खर्चबाहेक पछि उत्पादन लागत अति कम हुन्छ । यो उष्ण तथा समोष्ण जलवायुमा हुने घाँस हो । यसले ठण्डा र तुसारो सहन गर्न सक्दैन तर केही सुख्खा सहन सक्छ । तराई तथा मध्य–पहाडी क्षेत्रका गरम हावापानी भएको क्षेत्रमा यिनीहरूले बाह्रै महिना हरियो घाँसको उब्जा दिन्छन् ।

धेरै चिसो हुने उच्च–पहाडी क्षेत्रमा शरद ऋतु लागेपछि करिब तीन महिनासम्म यिनीहरू प्रायः सुषुप्त अवस्थामा रहन्छन् । हात्तीघाँस–१ नेपियरलाई काउपी,ग्लाइसिन जस्ता अन्यघाँसहरूसँग मिसाएर खेती गर्न सकिन्छ । पौष्टिकताका दृष्टिकोणले यो घाँस केही कमसल खालको हुनुका साथै छिप्पिएमा यसको डाँठ ज्यादै कडा हुने गर्छ । साधारणतया नेपियर घाँसमा ८– १० प्रतिशत क्रुड प्रोटिन पाईन्छ ।

जातीय गुणहरू

हात्तीघाँस–१ धेरै ठुलो ।याङ हुने बहुवर्षीय र दह्रो जरा प्रणाली हुने उखुजस्तो देखिने घाँस हो । यसको स्टोलनबाट नयाँ बिरुवाहरू निस्कन्छन् र एउटा गाँजमा २०–३० वटा बिरुवाहरू हुन्छन् । बिरुवाहरू २–३ मिटरसम्म अग्ला हुन्छन् । पातको लम्बाई ३०–१२० सेन्टिमिटर हुन्छ भने चौडाइ १–५ सेन्टिमिटर हुन्छ । बिरुवाको टुप्पाबाट फूलको झुप्पा निस्कन्छ । झुप्पा करिब ३० सेन्टिमिटर लामो हुन्छ र केही सेतो क्रिम रङको हुन्छ । त्यसमा अति मसिनो भुवा जस्तो बिउ लाग्छ । एउटा फूलको झुप्पाबाट ३० वटासम्म बिउ पाइन्छ । बिउमा उमार शक्ति कम भएकाले यसको टुक्रा सारेर वानस्पतिक प्रसारण गर्ने गरिन्छ ।

हावापानी र माटो

हात्तीघाँस–१ नेपियर उष्ण जलवायु मन पराउने घाँसेबाली हो । यसलाई तराई तथा मध्य–पहाडी क्षेत्रमा लगाउन सकिन्छ । यसले तुसारो खप्न सक्दैन । ज्यादै चिसो भएमा यसका पातहरू पहेंलिएर मर्छन् तर बिरुवा बाँचेकै हुन्छ । यसलाई सबै प्रकारको माटोमा लगाउन सकिन्छ तर पानीको राम्रो निकास भएको मलिलो दोमट माटो यसको लागि राम्रो मानिन्छ । यसलाई ५–८ पीएच ९उज्०माटामा लगाउन सकिन्छ ।

जमिनको तयारी

माटालाई गहिरो गरी खनजोत गरेर प्रशस्त मल राखेर जग्गा तयार गर्नुपर्छ । हात्तीघाँस १ लाई प्रशस्त मात्रामा मल चाहिन्छ । खेत तयारी गर्ने समयमा १० टन कम्पोस्ट मल प्रतिहेक्टरका दरले खेतमा राख्नुपर्छ । थप प्रतिहेक्टर ८० के।जी। नाइट्रोजन, ४० के।जी। फस्फोरस र ३० के।जी। पोटास खेतमा राख्न सकेमा बढी हरियो घाँसको उब्जा पाउन सकिन्छ र हरियो घाँस काटिसकेपछि नाइट्रोजन प्रतिहेक्टर २० किलोको दरले टपड्रेसिङ गरिदिनुपर्छ ।

लगाउने समय

सिँचाइको सुविधा भएमा नेपियरलाई वर्षैभरि रोप्न सकिन्छ तापनि साधारणतया फागुनदेखि लगाउन सकिन्छ । आकाशे पानीको भरमा खेती गर्दा जेठ, असारसम्म रोप्न सकिन्छ ।

बिउको मात्रा

हात्तीघाँस–१ को प्रजनन उखु जस्तै आँख्ला भएको डाँठ रोपेर गरिन्छ । प्रजननका लागि नेपियरलाई स–साना टुक्रामा काट्नुपर्छ । यस्ता टुक्रालाई सेट्स ९क्भतक० भनिन्छ । एउटा सेट्मा कम्तीमा तीन वटासम्म स्वस्थ्य आँख्ला हुनुपर्छ । सेट्लाई राम्ररी खनजोत गरी तयार पारेको जग्गामा एक लाइनदेखि अर्को लाईन १ मिटर र एक बिरुवादेखि अर्को बिरुवा ५० से।मी। को फरक पारी रोपिन्छ । सेट् रोप्दा ४५ डिग्रीको कोण बनाई एउटा आँख्ला माटोको सतहदेखि माथि नै रहने गरी माटोमा करिब ५ सेन्टिमिटर गहिरो हुने गरी रोप्नुपर्छ । एक हेक्टर जग्गाका लागि करिब १०,००० ९१।५– २।० टन० वटा सेट्सको आवश्यकता पर्छ ।

सिँचाइ

हात्तीघाँस–१ रोपेको केही दिनपछि ९एक हप्ताभित्र० टुसा पलाउने अवस्थामा सिंचाइ गरेमा बिरुवा राम्ररी उम्रन सक्छ । सिँचाइको सुविधा भए माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ दिएमा बढी उब्जा लिन सकिन्छ । यसले स्थानीय तथा अन्य घाँसहरूलाई ढाकेर बढ्न दिँदैन तापनि सुरुको अवस्थामा अनावश्यक झारपातहरू गोडमेल गरेर हटाइ दिनुपर्छ ।

उत्पादन

बिरुवा रोपेको करिव तीन महिनापछि पहिलो पटक कटाई गर्न सकिन्छ । घाँस काट्दा जमिनबाट करिब १५ से।मि। लामो ठुटा रहने गरी काट्नुपर्दछ । पहिलो कटाई लिएको ४०–५० दिनपछि अर्को कटाइ लिन सकिन्छ । यसबाट वर्षमा ७–८ पटकसम्म हरियो घाँस लिन सकिन्छ । यसरी वर्षमा कुल १०० देखि १५० टन प्रतिहेक्टर हरियो घाँसको उब्जा पाउन सकिन्छ । नेपियरको बिउ उत्पादनद्वारा प्रसारण त्यति लोकप्रिय छैन त्यसैले वानस्पतिक विधिबाट नै नेपियर लगाइन्छ ।

स्रोतः राष्ट्रिय कृषि प्रविधि सुचना केद्र, नार्क

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic