धरानको खानेपानीमा दिसामा पाइने जिवाणु कोलिफर्म

  • साउन १८, २०८०
  • १२,७४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ साउनः राष्ट्रीय स्वतन्त्र पार्टी धरानले धरानको खानेपानी पिउन अयोग्य रहेको भन्दै मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

रास्वपा नगर सभापति राजेशमान श्रेष्ठले विभिन्न ७ ठाउको पानी संकलन गरि नेपाल सरकार खानेपानी मन्त्रालय अन्तरगतको पानीको गुणस्तर परीक्षण प्रयोगशाला, इटहरी, सुनसरीमा परिक्षण गरि परिक्षण प्रतिवेदन सहित मेयर साम्पाङलाई बिहिबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

डेंगु रोग फैलिनुको कारण कतै अस्वस्थ पानीको कारणले होकी भन्ने जनगुनासो आएका कारण रास्वापन धरान पानीको गुुणस्तर परिक्षणमा लागेको नगर सभापति श्रेष्ठले बताए ।

धरानवासीले पिउने पानी अखाद्य पदार्थ मिश्रित पानीभएकाले शुद्धिकरणका लागि आवस्यक विधि अपनाउन मेयर साम्पाङलाई सभापति श्रेष्ठ अनुरोध गरे ।

dharan water_1 सर्दु,खर्दु ,निशाने, कोकहा, बिजयपुर गौधारा ट्याङकी भालुखोला,फुसे ट्याङकी, कुभिआहाल धरान १७को जमिनमुनिबाट निकालिएको बिष्णु चोकमा रहेको पानी ट्याङकी सहित गरि ७ ठाँउका खोलाबाट ल्याएको पानी परीक्षण गर्दा धरानवासीको धारामा आउने पानी अस्वस्थ्य र अखाद्य पदार्थ मिश्रित भएको भन्दै प्रतिवेदन सहित खानेपानी शुद्धिकरणकालागि आवश्यक विधि अपनाउन र धरानवासीलाई स्वस्थ्य पानी व्यवस्थापन गर्न ध्यानाकर्षणपत्र उल्लेख गरिएको छ ।

सर्दु खोलाबाट ल्याएको पानीको ल्याव टेष्ट गर्दा कोलिफिर्म १० आएको छ भने , निशानेबाट ल्याएको पानीको कोलिफर्म २० आएको छ ,निशानेखोलाको पानीको कोलिफर्म १५, बिजयपुर गौधारा ट्याङकी भालुखोलाको कोलिफर्म ३५ र फुस्रे ट्याङकीको कोलिफर्म ३० रहेको छ भने कुम्भिआहाल धरान १७को जमिनमुनिबाट निकालिएको पानीको बिष्णु चोकमा रहेको ट्याङकीको कोलिफर्म शुन्य रहेको पाईएको छ ।

खान योग्य पानी जमिन मुनिबाट निकालिएको पानीको बिष्णु चोकमा रहेको ट्याङकीको मात्र रहेको ल्याव टेष्ट गर्दा प्रमाणित भएको छ ।

रास्वपा सचिव सुमन श्रेष्ठले भने खान योग्य पानी हुनका लागि कोलिर्फम शुन्य हुनपर्ने अनिमात्र खानयोग्य हुने बताए ।

उनले भने डेङगु फैलिनुको मुख्य कारण खोलाखोल्सीको पानी रहेकोले पानी शुद्धिकरणका लागि आवश्यक विधि अपनाउन जस्तै क्लोरिनेशन जस्ता विधी अपनाई धरानवासीलाई शुद्ध र स्वस्थ्य पानी व्यवस्थापन गर्न मेयर साम्पाङलाई ध्यानाकषर्ण गरिएको र धरानवासीलाई स्वस्थ्य पानी व्यवस्थापन गर्न र सुन्दर धरान बनाउन आफनो पार्टी सदैव साथ र सहयोगमा लागि पर्ने बताए ।

ध्यानाकर्षण पत्र बुझदै मेयर साम्पाङले खानेपानीको क्वालिटि भन्दा पनि क्वान्टीटिमा आफु गएको बताए । उनले भने पानीको उचित व्यवस्थापन भए पश्चात क्वालिटीमा पनि आफु लागि पर्ने बताए । पहिलो कुरा पानी आवश्यकता भएकाले पहिला जनताको आवश्यकता पूर्ति गर्न आफु हर्दम लागि परेको बताए ।

उनले जनतालाई सतहको पानी खुवाउन आफु कोशीको पानी ल्याउन लागि परेको बताए । पानीको क्वालिटि बढाउन र समस्या समाधन गर्न राष्ट्रिय स्तरबाटै लागि परे मात्र समाधन हुने र आफु पानीको क्वालिटी बढाउन लागिपर्दा पानीको विल बढाउनु पर्ने र बिल बढाए अर्को तत्वले तरबारलिएर बसेको बताए ।

मेयर साम्पाङले पानीको कारणले डेङगु नलाग्ने भन्दै लामखुटेको टोकाईलले मात्र लाग्ने बताए । उनले अहिले सम्पूर्ण संघ संस्था राजनैतिक दल डेङगु नष्ट गर्न लाग्नु पर्ने भनदै यस्तो कुरामा अहिले नलाग्न आग्रह समेत गरे ।

सरकारी प्रयोगशालामा गरिएको पानी परीक्षणको रिपोर्ट:1 2 3 5 4 6

 

 

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic