तेह् नम्वर वडाबाट निःशुल्क डेङगु शिविर संचालन

  • साउन २०, २०८०
  • १,११३ पटक पढिएको
  • छाल खबर

छाल खवर

धरान,२०साउनः धरान उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयले निःशुल्क डेङगु उपचार सेवा सञ्चालन गरेको छ ।

धरानमा महामारीकोका रुपमा दिनप्रतिदिन फैलिरहेको डेङगु महामारी रोग नियन्त्रण तथा रोकथामको लागी वडाले निःशुल्क उपचार सेवा संचालन गरेको हो ।

वडाको आफनै पहलमा साउन १५ गतेबाट निःशुल्क डेङगु उपचार सेवा दिईरहेको वडाध्यक्ष नेत्र काफ्ले जानकारी दिएकाछन् ।

वडाध्यक्ष काफलेले डेङगु महामारी रोगले बिरामीको चाप अत्याधिक भए पश्चात १३ नं।वडावासीहरुलाई उपचारमा सहज र सुुविधा प्रदान गर्न वडाको बालसञ्जाल भवनमा अस्थाईरुपमा निःशुल्क उपचार कक्ष सञ्चालन गरिएको बताए ।

शिविरमा दैनिक लगभग ७० देखि ८०जना जनताले सेवा लिन आईरहेको र हाल सम्म लगभग २ सय ५ जनाले उपचार लिईसकेका छन ।

शनिबार मात्रै उपचार कक्षमा ७८ जना निशुल्क उपचार गर्न आएको साथै बिरामीललाई समेत उपचार भन्दा बढी निशुल्क औषधी वितरण गरिएको वडाअध्यक्ष काफलेले बताए ।

शिविर १३ नं। वडावासीकालागि मात्र वडाले सञ्चालन गरेको भएतानि विभिन्न वडावासीहरु आउने भएकाले सेवा सुविधा दिईरहेकोे बताए ।

आँखा पाक्ने रोग आएपछि हाल आँखा शिविर समेत सञ्चालन गदै निशुल्क सेवा समेत दिएको वडाअध्यक्ष काफलेले बताए । धरान ८ मा रहेको खुशी आखा अस्पतालले बिहान १० बजे देखि साझ ५ बजे सम्म आखा शिविर सञ्चालन भै रहेको छ ।

डेङगु महामारी रोग नियन्त्रण तथा रोकथामका नभईन जेल सम्म डेङगु निशुल्क शिविर र आखा शिविर सञ्चालन गरिने वडाअध्यक्ष काफलेले बताए । अन्य वडाले भने शिविर संचालन गर्न सकेका छैनन् । नगरपालिकाले भने डेंगु रोगको परिक्षणका लागि सभागृहका निःशुल्क शिविर नै संचालन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic