भारत जान थालेपछि धरानमा टमाटर महंगो

  • साउन २२, २०८०
  • १६,२८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ साउन ः धरानमा टमाटरको मुल्य आकासिएकोले धेरै उपभोक्ताले खरीद गर्न समस्या भएको छ ।

बजारमा ट्माटरको भाउ आकाशिएसगै प्रतिकिलो १७० देखि १८० सम्म व्यापारिले विक्रि गर्ने गरेकाछन् ।

धरानमा पहाडी क्षेत्रहरु धनकुटाको मौनबुधुक,महाभारत,तेह्रथुम जस्ता स्थानहरुबाट आउने गरेको छ ।

धनकुटा र तेह्रथुमबाट धरान १३ स्थित कृषिबजारमा दैनिक ३० ट्न ट्माटर आयात गरिन्छ भने धरान बजारमा २० ट्न खपत हुने गरेको कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

टमाटरको बजारमा थोक मूल्य नै प्रतिकिलो १३० रहेको छ भने बजारमा खुद्रा मुल्यमा व्यापारिले मनपरी मूल्य गरेको बताए ।

व्यवस्थापक भट्टराईले नेपालि टमाटरले भारतिय बजारमा भाउ राम्रो पाएकाले टमाटर भारतिय बजार निर्यात हुन थालेको बताए ।

वर्षादको समयमा टमाटरको मूल्य वृद्धि हुने भएता पनि यो वर्ष भारतिय बजारमा ट्माटर धरान कृषिबजारबाट दैनिक १० ट्न टमाटर भारतमा निर्यात हुन थालेको सगै धरानमा टमाटरको मुल्यमा अत्याधिक वृद्धि भएको साथै अघिल्लो बर्षबजारमा आपूर्ति कम हुन साथ भारतिय बजार आयात हुने तर यस बर्ष नेपाल सरकारले कृषि जन्य बस्तुमा आयातमा रोक्क लगाएकोले बजारमा ट्माटरको अत्याधिक मूल्य वृद्धि भएको व्यवस्थापक भट्टराईले बताए ।

व्यवस्थापक भट्टराईका अनुसार विगत वर्षहरुमा टमाटर भारत जाने गरेको थिएन तर यस वर्ष भने भारत गएकोले मुल्यमा विगत वर्षभन्दा वृद्धि भएको होे ।

स्थानिय सरकार धरान उपमहानगरपालि मौन भै बजार अनुगमन समयसापेक्ष नहुदा जनता प्रत्यक्ष मारमा परेका छ्न । सामाजिक सञ्जालमा भने ट्माटरको मुल्य वृद्धि प्रतिकिलो १८० भए सगै चर्को बिरोध चलिरहेको छ अनुगमन कस्ले गर्ने जनता मारमा छ भन्दै थुप्रै आलोचना भएको पाईन्छ ।

भारतिय बजारमा ट्माटर निर्यात भए सगै किसानहरुले बोट्मै प्रतिकिलो ११० पाएकोले खुशी भएको सहिदभुमी गाउपालिका वडा नम्बर ६ का कृषक हरी राईले बताए । किसानले टमाटरमा जस्तै भाउ पाए अरु कृषि जन्य सामानमा पाए नेपालमै पनि बसेर खेती गर्न सकिने बताए ।

धरान २ का खुद्रा व्यापारी दिपेन्द्र चौधरीले टमाटर प्रतिकिलो १८० का दरले विक्रिभईरहेको वताए । खरीद नै महंगो भएकोले त्यही अनुसार विक्रि महंगो भएको उनको भनाई रहेको छ ।

नेपाल कृषिप्रधान मुलुक भएतापनी युवा जनशक्तिलाई कृषि प्रतिको मोह नहुदा जग्गा बाझो रहेको छ भने बसाइँसराइका कारण पहाड रित्तो भएको छ । खेतो योग्य जमिन बाझो रहेको कारण खाद्यन्न अभाव समेत भएको छ ।

 

 

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic