यामाहाको नया बाईक FZ-S FI V3 धरानमा सार्वजनिक

  • भदौ २९, २०८०
  • २,८८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौंः विजयपुर ट्रेडर्सले धरानले यामाहा FZ-S FI V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ।

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक  बिजयपुर ट्रेडर्सले बिहिवार  कार्यक्रम आयोजना गरी गाडी सार्वजनिक गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय सुनसरी का प्रहरी निरिक्षक सुरज केसि र ट्रेडर्सका प्रबन्ध निर्देशक प्रभाव खतिवडाले यामाहा FZ-S FI V3 एफजेड एस एफ आई भि ३ सार्वजनिक गरेका थिए ।

PHOTO = 2
यामाहा FZ-S FI V3 मोटरसाईकलको बजार मुल्य ४ लाख ४ हजार ९०० रहेको छ ।
नया बाईक FZ-S FI V3 मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध रहेको तथा नयाँ ब्याकलाइट डिजाइन साथै सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको ट्रडर्सका प्रवन्ध निर्देशक खतिवडाले जानकारी दिए ।
FZ-S FI V3 उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित रहेको जानकारि दिदै कम्पनीका अमीत कुमार झाले भने ूफ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित भर्सन ३० मा एयर(कूल्ड फोर स्ट्रोक १४९ SOHC दुई(भल्भ, एकल( सिलिन्डर ईन्धन ( इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ ,जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक रहेको ।

यसबाहेक यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित वताउदै विजयपुर ट्रेडर्स सञ्चालक खतिवडाले भने FZ-S FI V3 धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेलको बाईक रह्र्को बताए ।

PHOTO = 3
नया रङ नेभी ब्लू र मेटालिक सो तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नया भरियन्ट बाईक सार्वजनिक गरेको उनले बताए ।
नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टनिस, स्टाइल र उत्साहका साँच्चै झल्काउने विशेषता रहेको छ ।
कम्पनीका अनुसार नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी लागेको र आफ्ना राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्नेमा ढुक्क रहेक जानकारी दिए। यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ। यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ ।
बजारबाट प्राप्त सुझावहरूको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखला नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू अद्यावधिक गर्दै आएको छ बिजयपुर ट्रेडर्स धराका प्रबन्ध निर्देशक प्रभाव खतिवडाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि केसीले यातायात क्षेत्र र ट्राफिक कार्यालय एक अर्कावीच सहकार्य गरेर काम गर्ने क्षेत्र भएकोले आफूहरु सहकार्य गरेर काम गर्न तयार रहेको वताउनु भयो । उहाले गाडी किन्नेहरुलाई आवस्यक परे हामी ट्राफिक सचेतना दिनु परेपनि हामी तयार छौं । त्यसका लागि गाडी विक्रोता कम्पनीहरु सहकार्य गर्न चाहाना हुन्छ भने सधै हामी तयारी छौं ।
केसीले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

गोर्खा ट्रेलब्लेजर चैत्र १४ गते हुने

छाल खवर धरान,२ चैतः धरानमा आयोजना हुदै आएको गोर्खा ट्रेलव्लेजर रन यस वर्षको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic