गैरआवासीय नेपाली संघको सह–कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानको उम्मेद्वारी

  • असोज २६, २०८०
  • ३,९७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ असोजःगैरआवासीय नेपाली संघको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानले सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनुु भएको छ ।

संघमा लामो समयदेखि सकृय रहदै आउनुभएका मोहम्मदले यस पटकको निर्वाचनमा सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दिनुुभएको हो ।

आफूसंग भएको अनुुभवलाई संघको हितमा काम गर्नको लागि अवसर प्रदान गर्न उहाले गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता, एघारौं महाधिवेशनका प्रतिनिधि,सम्पूर्ण गैरआवासीय नेपालीहरुमा अपिल गर्नुभएको छ ।

विदेशमा रहने लाखौं नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी कार्तिक १७ देखि २० अक्टोबर २०२३ काठमाडौमा हुँदैछ ।

२००३ मा स्थापित संस्थाले दुई दसक पार गर्दै गर्दा हालसम्म अनेकौं आरोह, अवरोह पार गर्दै गैरआवासीय नेपालीहरुका हकहितका लागि ठुलो सम्भावना र केहि उपलब्धी समेत हासिल गरेको छ ।

संघको ११ औं महाधिवेशनमा आगामी नेतृत्वका लागि एनआरएनएका अग्रज अभियान्ताहरुले विभिन्न पदहरुमा आफ्नो दावी गर्ने क्रम पनि चलिरहेको छ ।

को हुनुहुन्छ मोहम्मद

कपिलबस्तुु जिल्ला शुद्धोधन गाउपालिकाका स्थानीय वासिन्दा मोहम्मद विगत १८ वर्षदेखि कतारमा रहदै आउनु भएको छ ।

बिगत १४ बर्षदेखि संघको हक हितको निम्ति उहा सकय रहदै आउनुभएको छ । संघको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँनुु भएको छ । विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सदस्य, सचिबालय सदस्य, सल्लाहकार हुँदै २ कार्यकाल अध्यक्षको गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको अनुुभव उहामा रहेको छ ।

Mahomad.jpg  2

संघप्रतिको लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र थप केही योगदान पुु¥याउने उदेश्यले आफ्नो उमेद्वारी रहेको उहाको भनाई रहेको छ ।

संघमा आफूूले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एंवम् गैरआवासीय नेपालीको लागि खेल्ने भूमिकालाई मूल्यांकन गरी साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गर्न समेत उहाले अग्रज अभियान्ता महानुभाव, सहकर्मी,विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा आग्रह समेत गर्नुभएको छ ।

के छ मोहम्मदका प्रतिवद्धता

१.सबल र सफल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र प्रयास गर्ने ।

२.संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न प्रयासरत रहने ।

३.आइसिसी र एनसिसीको कोषको सबलीकरणका लागि आइसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्ने ।

४.वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्ने रहेको छ । साथै परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्ने ।

५. विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्तालाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाइ सोही प्रयोजनका लागि मात्र खर्च गर्ने प्रवन्ध गर्न मेरो पहल गर्ने ।

६.नेपालीका लागि नेपाली भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्ने ।

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic