पराग सहकारीको कारोबार १ करोड १५ लाख ५५ हजार

  • मंसिर २५, २०८०
  • ७९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिर ः पराग बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभामा शनिवार सम्पन्न भएको छ ।

आर्थिक वर्षमा १ करोड १५ लाख ५५ हजार १ सय ८७ रुपैयाँको कारोबार गरेको छ प्रतिवेदन सहित साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको कुल शेयर पुँजी २५ लाख ४७ हजार १ सय रुपैयाँ छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारी नीति नियम अनुसार सञ्चालन गरे कहिले घाटामा नजाने बताए ।

श्रेष्ठले सहकारी ऐन २०७४ ले सञ्चालक सदस्यहरूलाई सहकारी प्रति बफदार र समर्पित भएर सहकारी सञ्चालन गर्न आग्रह समेत गरेका छन् ।

विशेष अतिथि जिल्ला सहकारी कोषाध्यक्ष लक्ष्मी प्रधानले आर्थिक मन्दिको प्रभावको कारण सहकारीहरूले समयमा भुक्तानी दिन नसक्दा सहकारीमा अफवाह फैलिएको बताइन ।

सहकारीले लगानी गरेको ऋणको सावा र ब्याज उठ्न नसकेकोले सहकारी डुबेको बताउँदै सबै सहकारीलाई एकै कोणबाट हेर्न नहुने बताइन ।

सहकारीले आर्थिक वर्षको कुल आम्दानी ४ लाख ९५ हजार ४ सय ४६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

साधारण सभामा संस्थापक अध्यक्ष रूपक श्रेष्ठ, वरुण सहकारीका म्यानेजर ईन्द्र रिजाल, पानस बचतका विजय अछामी, थिर बहादुर श्रेष्ठ ,भुपाल रानामगर लगायत उपस्थित थिए ।

सभाको सभापतित्व पानस बचत तथा ऋण सहकारीका अध्यक्ष लीला प्रधानले गरेका थिए । कार्यक्रम सञ्चालन दुर्गा प्रसाद रिमालले गरेका थिए ।

 

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic