पराग सहकारीको कारोबार १ करोड १५ लाख ५५ हजार

  • मंसिर २५, २०८०
  • ८६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिर ः पराग बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभामा शनिवार सम्पन्न भएको छ ।

आर्थिक वर्षमा १ करोड १५ लाख ५५ हजार १ सय ८७ रुपैयाँको कारोबार गरेको छ प्रतिवेदन सहित साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको कुल शेयर पुँजी २५ लाख ४७ हजार १ सय रुपैयाँ छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारी नीति नियम अनुसार सञ्चालन गरे कहिले घाटामा नजाने बताए ।

श्रेष्ठले सहकारी ऐन २०७४ ले सञ्चालक सदस्यहरूलाई सहकारी प्रति बफदार र समर्पित भएर सहकारी सञ्चालन गर्न आग्रह समेत गरेका छन् ।

विशेष अतिथि जिल्ला सहकारी कोषाध्यक्ष लक्ष्मी प्रधानले आर्थिक मन्दिको प्रभावको कारण सहकारीहरूले समयमा भुक्तानी दिन नसक्दा सहकारीमा अफवाह फैलिएको बताइन ।

सहकारीले लगानी गरेको ऋणको सावा र ब्याज उठ्न नसकेकोले सहकारी डुबेको बताउँदै सबै सहकारीलाई एकै कोणबाट हेर्न नहुने बताइन ।

सहकारीले आर्थिक वर्षको कुल आम्दानी ४ लाख ९५ हजार ४ सय ४६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

साधारण सभामा संस्थापक अध्यक्ष रूपक श्रेष्ठ, वरुण सहकारीका म्यानेजर ईन्द्र रिजाल, पानस बचतका विजय अछामी, थिर बहादुर श्रेष्ठ ,भुपाल रानामगर लगायत उपस्थित थिए ।

सभाको सभापतित्व पानस बचत तथा ऋण सहकारीका अध्यक्ष लीला प्रधानले गरेका थिए । कार्यक्रम सञ्चालन दुर्गा प्रसाद रिमालले गरेका थिए ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic