डी पी विलिभर्स स्कुलमा एक दिने क्यारियर सेमिनार सम्पन्न।

  • पुस ५, २०८०
  • ३,९३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ पुषः डी पी विलिभर्स स्कुल धरान ५ ले विद्यार्थीहरुको लागि एक दिने म्यारीयर सेमिनार सम्पन्न गरेको छ ।

स्कुलले कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुकोलागी एक दिने क्यारियर सेमिनार सम्पन्न भएको हो ।

स्कुलका प्राचार्य वान्तवाको अध्यक्षतामा सम्पन्न उक्त सेमिनारमा क्रमसस बिमला याखा (व्यावसायिक नर्स), बन्दना याखा (व्यावसायिक एयरहोस्टेस र डेन्टल नर्स र सोफिया याखा व्यावसायिक परामर्शदाता)ले छुट्टा छुट्टै सत्रहरूमा विद्यार्थीहरुलाई आफ्नो अनुभवसंगै चिकित्सा बिज्ञान, उड्डयन क्षेत्र र मानसिक स्वास्थ्यको महत्वको बारेमा बताउनुभएको थियो।

प्राचार्य बान्तवाले वक्ताहरुलाई स्वागत गर्दै विद्यार्थीरूलाई विभिन्न पेशाबारे सचेत गराउन उक्त क्यारियर सेमिनारको आयोजना गरेको बताउनु भयो ।

सेमिनारमा विद्यार्थीहरुले वक्ताहरुसंग प्रश्न उत्तर साथै अन्तरक्रिया गरेका थिए ।

स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा) ले वक्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रम शिक्षक बिरेन्द्र लिम्बुले संचालन गरेका थिए।

स्कुलले विभिन्न समयमा पढाईका अतिरिक्त कार्यक्रमहरु गर्दै आएको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic