उपमेयरको विद्यालय अनुगमन शैलिको सहिद स्कुलद्धारा दुःख व्यक्त

  • पुस १०, २०८०
  • ३,४९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० पुष ः धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले अनुगमनका नाममा गरेको आतंकको धरान–८ स्थित सहिद स्मृति माध्यामिक विद्यालयले दुःख व्यक्त गरेको छ ।

विद्यालयको पुष ९ गते वसेको व्यवस्थापन समितिको वैठकले दुःख व्यक्त गर्ने निर्णय गरेको हो ।

विद्यालय संचालन भईरहेको अवस्थामा सुरक्षाकर्मी र युटुवर सहित विद्यालयमा गरीएको अनुगमनको शैलीले विद्यालय शान्ति क्षेत्र हो भन्ने मान्यतालाई समेत उलंघन गरेको प्रधानाध्यापक राम बहादुर विष्टद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

सुरक्षाकर्मी र युटुवर सहितको अनुगमन शैलीले विद्यार्थीको बाल मस्तिष्कमा त्रासदीपूर्ण बातावरण सिर्जना भएको जनाइएको छ ।विद्यालय संचालन भईरहेको अवस्थामा विद्यालय क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति कुनै हालतमा पाच्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरीएको छ ।

अनुगमनका नाममा उपमेयर वेघाले गम्भिर प्रकृतिको अपराधी समात्न छापामार शैली अपनाउनु भयो सो प्रति विद्यालय खेद प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधान २०७२ ले माध्यामिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्थानीय तहले विद्यालय संचालनार्थ श्रोत जुटाएर आवस्यक सहयोग गर्नु कर्तव्य पनि हो ।तर उक्त तथ्यलाई भुलेर विद्यालय विद्यालय स्वयमले गर्दै गरेको प्रयासमाथि प्रहार गर्नु उपयुक्त होइन भन्ने विद्यालयको ठहर रहेको छ ।

विधि सम्मत ढंगबाट नियमित विद्यालय अनुगमनको पक्षमा आफूहरु रहेको जनाइको छ । नगरभित्रका सवै सामुदायिक विद्यालयहरु स्थानीय तहको नजरमा समान हुनुपर्दछ र सवै विद्यालयहरु प्रति एकैखाले व्यवहार गरीनुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

विद्यालय संचालनमा लाग्ने सम्पूर्ण संचालन खर्च स्थानीय तहले व्यहोरी राज्यको निःशुल्क शिक्षाप्रतिको अवधारणालाई कार्यान्वयनमा लैजान समेत जोडदार माग गरेको छ ।

उपमेयर वेघाले पुष ३ गते स्कुल अनुगमनमा जादा सुरक्षाकर्मी, र केही युटुवर लिएर हंगामा मच्चाएका थिए ।सो विषयलाई लिएर शिक्षक संगठनले समेत आपत्ती जनाई सकेकाछन् ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic