हिबिस्कस क्विज मेनियाको उपाधि नेपाल पुलिस स्कुललाई

  • पुस १४, २०८०
  • १,२४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ पुुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता), सिजन–२ को उपाधि नेपाल पुुलिस स्कुलले हात पारेको छ ।

शनिवार भएको फाईनल चरणमा नेपाल पुलिस स्कुलले अन्य स्कुललाई पछि पार्दै सो उपाधि हात पारेको हो ।

उपाधिसंगै पुुलिस स्कुलले नगद १२ हजार, ट्रफि मेडल र प्रमाण पत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा पब्लिक हाईस्कुलले दोस्रो स्थान हात पारेको छ । पव्लिकले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिता बराहक्षेत्र स्थित जीवन ज्योती मा.बि.ले तेस्रो स्थान हासिल गरेको छ । जीवन ज्योतिले नगद ८ हजार मेडल र प्रमाण पत्र हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा चन्द्र सन्स्कृत मा.बि. धरानले चौथो स्थान हात पारेको छ । उसले नगद ६हजार प्रमाण पत्र हात पारेको छ ।

प्रतियोगितामा हिमालयन वोडिङ स्कुलले पाचौ स्थान हात पारेको छ उसले नगद ४ हजार प्रमाण पत्र हात पारेको छ ।

प्रतियोगितामा सरस्वती मा.बि. पानवारीले सान्तवना स्थान हात पारेको छ उसले नगद २ हजार प्रमाण पत्र हात पारेको थियो ।

प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा, बिशेष अतिथि एन प्याब्सन सुनसरीका अध्यक्ष युवा राई, नेपाल पत्रकार महासङ्घ प्रदेस न १ का सचिव देबेन्द्र कार्की, प्रमुख निर्णायक नउदिप साह, निर्णायक सुरेस रेग्मी लगायतले पुरस्कार, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।

यस वर्षबाट बिजेतालाई रनिङ कप प्रदान गरिएको स्कुलका सल्लाहकार पवन झाले जानकारी दिए।

सल्लाहकार झाले क्विज मेनिया कार्यक्रमको उद्येस्यमाथी प्रकाश पारे। कार्यक्रमका प्रमुख अतिथि खतिवडाले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका साथै धरानलाई शिक्षाको हबको रुपमा बिकास गर्न थप टेवा पुग्ने बताए।

प्रमुख अतिथि खतिवडाले कार्यक्रमको निरन्तरताको कामना गर्दै आउने बर्ष देखि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताए।

प्रतियोगितामा बराहक्षेत्रबाट १ र धरानका ३० गरि ३१ बिद्यालयले सहभागीता जनाएका थिए। शुक्रवार भएको छनोट चरणबाट सहभागी ३१ मध्ये ६ बिद्यालय उत्कृष्ट ६ मा परेका थिए।

प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने स्कुलले जनाएको छ।स्कुलका प्रबन्ध निर्देसक गङ्गाराम कुलुङ्को अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सन्चालन स्कुलका शिक्षक नयन राईले गरेका थिए ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic