छाल खवर
धरान,१६ पुष ः हिबिस्कस इङ्लिश बोर्डिङ स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गरेको छ ।
स्कुलले आइतवार एक कार्यक्रमको आयोजना व्लाष्ट टाइम्स दैनिकमा सम्पादक गोपाल दाहाललाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप्रमुख अइन्द्र विक्रम वेघा, विशेष अतिथि १५ नं वडाका वडाध्यक्ष नरेश इवारम नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
बराहक्षेत्र निवासी दाहाल विगत दुइ दशक भन्दा लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय पत्रकारीता गरीहरेकाछन् । स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।
उक्त कार्यक्रममा २०७९ सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र बार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बेघा, धरान वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारम, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, श्यामचोक युवा समाजका अध्यक्ष, ललित योन्जन, स्कुलकी प्रिन्सिपल पार्वती लिम्बु लगायतले बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
उक्त कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, नाटक र गीत प्रस्तुत गरि अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।स्कुलका प्रबन्ध निर्देसक गङ्गाराम कुलुङको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन शिक्षक नयन राईले गरेका थिए ।
विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्नको लागि स्कुलले पढाईका अतिरीक्त विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिदै गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिदै आएको समेत स्कुलका निर्देशक गंगाराम राईले वताए ।

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic