भारतीय पेन्सन कार्यालय धरानद्धारा महिलाको पाठेघर, स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर

  • पुस २०, २०८०
  • ७३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० पुषः भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले भोली (शनिवार) वृहत् रक्तदान तथा महिलाको पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

भारतीय भूतपूर्व सैनिकहरूका परिवारका लागि कार्यालयले सो कार्यक्रम गर्न लागेको हो ।

पेन्सन वितरण कार्यालय परिसरमा हुने उक्त रक्तदान तथा स्वास्थ्य परीक्षण शिविरमा धरानका सर्वसाधारण सबैका लागि खुला गरिएको कार्यालयले जनाएको छ।

धरान १३ स्थित फुस्रे कार्यालयमा आयोजित सञ्चारकर्मी भेटघाटमा भारतीय पेन्सन कार्यालयका इन्चार्ज सहायक सैन्य अधिकृत मेजर भरत कान्जीयाले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार महिलाको पाठेघर र स्तन क्यान्सरको शिविरको सहकार्य विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सहकार्यमा आयोजना गरिएको हो ।

गतवर्ष २८८ पिन्ट रगत सङ्कलन गरेर सुनसरी जिल्लामा पहिलो भएको सो कार्यालयले पेन्सन कार्यालयले विगत ४ वर्ष देखि लगातार रक्तदान कार्यक्रम गर्दै आएको छ ।

यस वर्ष देखि धेरै महिलाहरूमा हुने पाठेघरको समस्या र स्तन क्यान्सर रोग अत्यधिक बढेका पाइएकाले महिलाहरूलाई प्राथमिकता दिएर दीर्घ रोग सम्बन्धी परीक्षण शिविर सञ्चालन गरिएको मेजर कान्जीयाले बताए ।

‘शिविरमा आएका बिरामीलाई आवश्यक परे थप उपचार गराउनका लागि पनि व्यवस्था हुने विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सहकार्यको सम्झौता भएको कान्जियाले जानकारी दिएकाछन् ।यस पटक ५ सय पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

शनिवार बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुने रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविरमा पूर्वाञ्चलका भारतीय भूपू लगायत सर्वसाधारण नागरिकहरूलाई समेत अवसरको लाभ लिन मेजर कान्जीयाले आव्हान गरेका छन् ।

 

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic