प्राध्यापक निरौला दम्पतीद्धारा मन्दिरको अक्षयकोषमा सहयोग

  • पुस २६, २०८०
  • ४,१०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ पुष ः धरान–१२ स्थित लक्ष्मी नारायण मन्दीरलाई प्राध्यापक तारा बहादुर निरौला दम्पतीले अक्षयकोषमा सहयोग गरेकाछन् ।

विरेन्द्र मेमोरीयल कलेज धरानका प्रिन्सिपल तथा महेन्द्र बहुमुखि क्याम्पस धरानका पूर्व प्राध्यापक निरौला र उहाँकी धर्मपत्नि मन्जु निरौलाले मन्दिरको अक्षय कोषमा नगद २० हजार सहयोग गरेका हुन् ।

निरौला दम्पतीले पितृ मोक्षका लागि केही दिन अघि सप्ताह पुराण लगाएको र पितृका नाममा मन्दिरमा सहयोग गरेका थिए ।

मन्दिर संचालनका लागि १५ लाख वरावरको अक्षयकोष निर्माण गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष आनन्द आचार्यले वताए ।

मन्दिरको अक्षयकोष जस्तो पुन्य कार्यमा आफूले सक्ने सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको प्राध्यापक निरौलाको भनाई रहेको छ ।

सानो भएपनि सहयोग गरेकोमा आफूलाई सन्तुष्टी मिलेको उनको भनाई रहेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सहयोग गरेकोमा निरौला दम्पतीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्तै सहयोग अपेक्षा समेत रहेको वताए ।

निरौला दम्पतीले यस अघि धरान–१४ स्थित पं पुरुषोत्तम भट्टराइले स्थापना गर्नु भएको संस्कृत बिद्यालय बिजयपुरको छात्रबास निर्माणको लागि सहयोगार्थ ५० हजार रुपैया सहयोग समेत गर्नु भएको थियो । 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic