कांग्रेसको स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान शुरु

  • पुस २८, २०८०
  • ९८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ पुषःधरानः नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान शुरु गरेको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आफु अन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान शुरु गरेको हो ।

sibir news phot = 2 “स्वस्थ्य नागरिक समुन्नत समाज” भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताएकाछन् । उनले नागरिक स्वस्थ्य भयो भने मात्र समृद्धि सम्भव हुने भन्दै समुन्नत समाज निर्माण गर्न नागरिकलाई स्वस्थ्य बनाउन जरुरी रहेको भन्दै निःशुल्क स्वास्थ्य शिविर र अन्य विविध स्वास्थ्य सम्बन्धि कार्यक्रम गरी नागरिकलाई स्वस्थ्य बनाउन र समुन्नत समाज निर्माण गर्न नेपाली कांग्रेसले सञ्चालन गरेको अभियानले महत्वपूर्ण टेवा पुग्ने बताए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले जनताको घर आंगनमा स्वास्थ्य शिविर सञ्चालन गरेर पाटीले सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।

उनले हरेक जनतालाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुंचमा पु¥याउन नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीले शुरु गरेको स्वस्थ्य नागरिक समुन्नत समाज अभियानले महत्वपूर्ण सहयोग पुग्ने बताउंदै अभियानलाई निरन्तरता दिनुुपर्नेमा जोड दिए ।

बराहक्षेत्र नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ तथा रामधुनी नगरपालिकाको वडा नं. ६ र ७ लाई लक्षित गरी बराहक्षेत्र वडा नं. ३ स्थित अस्थायी कोभिड अस्पतालमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका ग्याष्ट्रोलोजी एण्ड हेपेटोलोजी विशेषज्ञ डा. सन्दिप राज बज्राचार्य सहितको टोलीले पेट, ग्याष्ट्रिक, पेनक्रियाज, ठूलो आन्द्रा, पेटको क्यान्सर, दिसावाट रगत जाने र सुगर तथा प्रेसर लगायतका रोगहरुको जांच गरेका थिए ।

शिविरवाट निःशुल्क स्वास्थ्य जांच र औषधि प्राप्त गरी १९४ जना लाभान्वित भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताए ।

यस अघि वी.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरानको स्ट्रोक टिम (पक्षघात समुह) को सहयोगमा धरान उपमहानगरपालिकाका वडा नं. ३, ८ र १५ मा समेत अभियान सञ्चालन गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।

शविरमा बराहक्षेत्र वडा नं. ३ र ५ तथा अमर पोलिक्लिनिक, धरान १८ को सहयोग रहेको क्षेत्रीय सहसचिव सुमित राईले बताए ।

शिविरको औपचारिक उद्घाटन कार्यक्रममा जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद एवम् महासमिति सदस्य ममता तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधि पुजा धामी, पूर्व जिल्ला सचिव बुद्धि कटवाल, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, बराहक्षेत्र नगर सचिव प्रतिक राई, धरान नगर सहसचिव शिला बज्राचार्य, बराहक्षेत्र ३ का वडा अध्यक्ष राजदीप लामा, बराहक्षेत्र ५ का वडा अध्यक्ष रोहित काप्mले, क्षेत्रीय सदस्यहरु लोकमणि शर्मा, पर्शुराम चौधरी, प्रदिप राई, श्याम सुब्बा, कमला श्रेष्ठ, लक्ष्मी घिमिरे, गम्भिर क्षेत्री, वडा सभापतिहरु अमर कटवाल, ईश्वर थापा, पनुलाल धामी, नुतन धामी, दिलबहादुर पौडेल, आशिष श्रेष्ठ, जीवन थापा मगर लगायतका पाटी नेताहरुको उपस्थिति रहेको थियो ।

 

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic