क्रियटिभ स्कुलको एक दिवसीय फुटवल सम्पन्न

  • पुस २८, २०८०
  • १६८ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२९ पुष ः क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानको आयोजनामा एक दिवसीय विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
धरान– १७ स्थित एन्फा मैदानमा भएको खेलमा धरानका ७ वटा निजी विद्यलायहरु सहभागी रहेका थिए ।
प्रतियोगितामा अन्य स्कुलहरुलाई पछि पार्दै धरान इङलिस स्कुल धरान– ५ ले प्रथम स्थान हात ।पार्न सफल वनेको थियो । प्रतियोगितामा डिपि विलिवर्स इङलिस स्कुल धरान–५ देउराली ले दोस्रो स्थान जित्न सफल वनेको थियो ।
प्रतियोगितामा देउराली पञ्चकन्या विलिवर्सका रियो राई उत्कष्ट गोलकिपर घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता एक्वा इङलिस वोडिङ स्कुल धरान– १७ का सशिम मगर घोषित भएका थिए ।
प्रतियोतिामा उत्कृष्ट खेलाडी देउराली चिल्ड्रेन एकेडेमी धरान– ५ का एशब वि।क। लाई घोषित गरीएको थियो ।

सो प्रतियोगितामा हिविसकस इङलिस वोडिङ स्कुल धरान– १५, देउराली पञ्चकन्या विलिवर्स वोडिङ स्कुल धरान–५, धरान इङलिस वोडिङ स्कुल धरान– ५, आवर होम वोडिङ स्कुल धरान–१९ र जोलसाया इङलिस वोडिङ स्कुल– ११ ले सहभागीता जनाएका थिए ।

विजेता तथा सहभागी विद्यालयका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –९सिएससि० धरानका अध्यक्ष गंगाराम राईले ट्रफि, मेडल तथा प्रमाण– पत्र प्रदान गर्नुभएको थियो ।

२०७६ सालमा स्थापना गरीएको सो समितिले यस अघि विभिन्न कार्यक्रमहरु गर्दैै आएको छ । यस पटक भने फुटवलको आयोजना गरेको हो ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic