सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पो नामको मेला संचालन गर्ने उद्योगी व्यवसायीद्धारा गत वर्षको मेलाको हिसाव गुमनाम राखेको भन्दै आलोचना

  • माघ १३, २०८०
  • ७,१४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ माघ ः सुनसरी उद्योग वाणिज्य संघ सुनसरीले विगत वर्ष झै यस वर्ष पनि धरान एक्स्पो नामको मेला संचालन गर्ने भएको छ ।

संघले शुक्रवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।

गत वर्षको मेलाको हिसाव सार्वजनिक नगरेको विषयमा उद्योगी व्यपारीवीचमा आलोचना भईरहेको वेला यस वर्ष भने १६ करोड बराबरको व्यापार हुने अनुमान समेत गरेको छ ।

आयोजकले दिएको जानकारी अनुसार फागुन ११ देखी २३ गते सम्म दोस्रो पटक धरान एक्स्पो नामको मेला आयोजना गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष विजय श्रेष्ठले धरानको व्यापार, व्यवसाय तथा उपभोक्ता बजारमा नयाँ चहल पहल ल्याउने दावी गर्दै १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको समेत भन्न भ्याएका थिए ।

एक्स्पो विशेष रूपमा धरानको स्थानिय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै स्थानिय आर्थिक गतिविधि बढाउन आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

मेला धरान–१६ स्थित धरान रङ्गशालामा संचालन हुने सो मेलामा सुनसरीका १२ स्थानका स्थानीय उत्पादनका बस्तु बिक्री वितरण, बजार विस्तार र उपभोक्तालाई चिनाउने उद्देश्य लिइएको बताएको छ ।

गत वर्ष पनि यस्तै नारा दिएपनि मेलामा भने अधिकांश स्टलहरु मदिराका मात्र रहेका थिए । मेला संचालन गर्ने तर खर्च सार्वजनिक नगर्ने उद्योग वाणिज्य संघको विगत देखि नै प्रचलन कायम रहेको व्यवसायीहरुको भनाई रहेको छ ।

धरानको आर्थिक गतिविधि चलायमान बनाउन, कोशी प्रदेशका उपभोक्ताहरूलाई स्थानीय देखि अन्तर्राष्ट्रिय बजारका उत्पादन सहज र सुपथ मूल्यमा एक्स्पोले उपलब्ध गराउने बताइएको छ ।

गत वर्ष पनि यस्तै नारा दिइएको भएपनि वजारमा भन्दा महंगो मुल्यमा मेलामा सामान विक्रि गरीएको थियो । यस वर्ष भने सुधार हुने कुरामा उपभोक्ता आसावादी रहेकाछन् ।

मेलामा १५० वटा स्टल रहने र करिब ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको सङ्घका अध्यक्ष श्रेष्ठले बताएकाछन् ।

मेलामा विभिन्न किसिमका सुविधा दिने भनेर प्रचार गरेपनि वजारमा भन्दा महंगो सामान विक्रि गरीएको र प्रवेश शुल्क महंगो गरीएको भन्दै गत वर्ष पनि मेलाको आलोचना भएको थियो ।

यस वर्ष कस्तो मेला लगाउने हो वाणिज्य संघले त्यो भने उद्योगी व्यापारीले हेर्न र अनुभव गर्न केही दिन पर्खिनै पर्नेछ ।

गत वर्षका मेला संयोजक गोपाल श्रेष्ठ आगामी निर्वाचनका अध्यक्षका उम्मेद्वार हुन उनी संयोजक भएको गत वर्षको मेलाको हिसाव सार्वजनिक नगर्दा व्यवसायी विचमा उनको निकै आलोचना समेत हुने गरेको छ । यस पटक के गर्छ संघले त्यो भने समयले नै वताउनेछ ।

मेलाको हिसाव पारदर्शी गर्नको लागि यस पटक उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई अवसर पनि रहेको छ ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic