पाचौ सुदेस सुब्बा स्मृति हिमशिखर कपमा पशुपती, प्रभात र लर्ड बुद्ध क्वाटर फाईनलमा प्रबेस

  • माघ १५, २०८०
  • ३३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ माघ इटहरी २० तरहरा स्थित हिमशिखर इङ्लिस स्कूलको आयोजनामा आईतवार देखि सुरु भएको जिल्लाब्यापी अन्तर प्राबि स्तरीय पाँचौ सुदेश सुब्बा स्मृति हिमशिखर कप २०८० फूटबल प्रतियोगिता अन्तर्गत दोश्रो दिन सोमबार भएको खेलमा पशुपति स्कूल इटहरी प्रभात स्कुल धरान र लड बुद्ध स्कुल रामधुनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

तरहरा स्थित तामाङ टोलको खेल मैदानमा भएको पहिलो खेलमा १–१ गोलको बराबरी पछि टाइ(ब्रेकरमा पशुपतिले ४–१ को अंतरले महेन्द्र मेमोरियल दुहबीलाई पाखा लगायो। दोस्रो खेलमा म्यान अफ द म्याच एल्वीन ताम्राकारको २ गोलमा प्रभात बोर्डिङ धरानले नडाहको स्काई स्कूललाइ २–० गोलले हरायो।सोमबार नै सम्पन्न तेस्रो खेलमा निर्धारित समयमा ०– ० गोलको बराबरी पछि टाइ(ब्रेकरमा लड बुद्ध रामधुनीले बराह राइजिङ स्टार भरौललाई २–४ गोल अन्तरले पराजित गर्यो ।

आईतवार सम्पन्न उद्घाटन खेलमा आयोजक हिमशिखरले इटहरीको कोशी सेन्ट जेम्सलाई ०– २ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ।

विधालयका संस्थापक सदस्य स्व। सुदेश सुब्बाको स्मृतीमा आयोजित प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैया , ट्रफि र उप–विजेताले नगद १५ हजार रुपैया र ट्रफि प्राप्त गर्ने आयोजक बिद्यालयले जनाएको छ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic