पाचौ सुदेस सुब्बा स्मृति हिमशिखर कपमा पशुपती, प्रभात र लर्ड बुद्ध क्वाटर फाईनलमा प्रबेस

  • माघ १५, २०८०
  • २६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ माघ इटहरी २० तरहरा स्थित हिमशिखर इङ्लिस स्कूलको आयोजनामा आईतवार देखि सुरु भएको जिल्लाब्यापी अन्तर प्राबि स्तरीय पाँचौ सुदेश सुब्बा स्मृति हिमशिखर कप २०८० फूटबल प्रतियोगिता अन्तर्गत दोश्रो दिन सोमबार भएको खेलमा पशुपति स्कूल इटहरी प्रभात स्कुल धरान र लड बुद्ध स्कुल रामधुनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

तरहरा स्थित तामाङ टोलको खेल मैदानमा भएको पहिलो खेलमा १–१ गोलको बराबरी पछि टाइ(ब्रेकरमा पशुपतिले ४–१ को अंतरले महेन्द्र मेमोरियल दुहबीलाई पाखा लगायो। दोस्रो खेलमा म्यान अफ द म्याच एल्वीन ताम्राकारको २ गोलमा प्रभात बोर्डिङ धरानले नडाहको स्काई स्कूललाइ २–० गोलले हरायो।सोमबार नै सम्पन्न तेस्रो खेलमा निर्धारित समयमा ०– ० गोलको बराबरी पछि टाइ(ब्रेकरमा लड बुद्ध रामधुनीले बराह राइजिङ स्टार भरौललाई २–४ गोल अन्तरले पराजित गर्यो ।

आईतवार सम्पन्न उद्घाटन खेलमा आयोजक हिमशिखरले इटहरीको कोशी सेन्ट जेम्सलाई ०– २ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ।

विधालयका संस्थापक सदस्य स्व। सुदेश सुब्बाको स्मृतीमा आयोजित प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैया , ट्रफि र उप–विजेताले नगद १५ हजार रुपैया र ट्रफि प्राप्त गर्ने आयोजक बिद्यालयले जनाएको छ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic