धरान सिटी कलेजको खेलकुद सप्ताह सम्पन्न सिङ्गिङ र डान्सिर स्टारमा अनिस र खुशिमान बिजेता

  • माघ १६, २०८०
  • २०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघः सिटी कलेज धरानको खेलकुद सप्ताह अन्तर्गत कार्यक्रममा सिटी सिङ्गिङ र डान्सिङ स्टार कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिबि.एस.तेश्रो बर्षका अनिस सुनुवार र बिबिएस पहिलो बर्षका खुशिमान माझि बिजेता भएका छन।

कलेजको प्राङ्गणमा भएको प्रतियिगीताको सिङ्गिङ तर्फ बिबिएस दोश्रो बर्षका रोशन लिम्बू दोश्रो भए भने बिबिएस चौथो बर्षका प्रदेस लिम्बू तेश्रो भए। त्यस्तै डान्सिङ तर्फ बिबिएस चौथो बर्षका निशा कार्की दोश्रो भईन भने बिबिएस पहिलो बर्षका दीक्षा राई तेश्रो भईन।

कलेजका अध्यक्ष आशिष मास्केको अध्यक्षतामा भएको कार्यक्रममा सप्ताहब्यापि रुपमा सम्पन्न भएका क्यारम बोर्ड, टेबल टेनिस, चेस, हाजिरी जवाफ प्रतियोगीता, भलिबल, फुट्सल,बास्केटबल लगायतका खेलमा बिजेता र उप(बिजेता भएका साथै सिङ्गिङ र डान्सिङ स्टारमा पहिलो, दोश्रो र तेश्रो भएका छात्र छात्राहरुलाई पुरस्कार, मेडल र प्रमाण(पत्र प्रदान गरिएको छ।

बिजेताहरुलाई कलेजका अध्यक्ष आशिष् मास्के, कलेजका संस्थापक सदस्य इश्वर ताम्राकार, लोक श्रेष्ठ, गौरब शाक्य, गोकुल श्रेष्ठ लगायत, क्याम्प्स प्रमुख खड्ग बिक्रम सिंह कार्की लगायतले पुरस्कार बितरण गर्नु भएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयले लिएको परीक्षामा बिबिएस पहिलो श्रेणिमा उत्तीर्ण गर्ने छात्र छात्राहरुलाई समेत पुरस्कृत गरिएको थियो।

बिद्यार्थीहरुको बौद्धिक, शारीरिक र मानवीय बिकास गर्ने उद्येश्यले खेलकुद सप्ताहको आयोजना गरिएको कलेजका पूर्व प्रीन्सिपल विशाल श्रेष्ठले बताउनु भयो।

सिटी कलेज गुणस्तरीय शिक्षा प्रदान गर्न अब्बल हुनुका साथै विभिन्न अतिरिक्त क्रीयाकलापमा प्रतिभावान बिद्यार्थीले सम्पन्न कलेज भएको प्रीन्सिपल श्रेष्ठले बताउनु भयो।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic